२०८० मंसिर २०, बुधबार
कावासोती । कावासोती नगरपालिकाका नवनिर्वाचित मेयर विष्णुप्रसाद भुसालले आज पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण पछि बसेको बैठकले चार वटा निर्णय गरिएको छ । पहिलो बैठकले कावासोती नगरपालिका भित्र बाल तथा प्रसुती अस्पताल स्थापना गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
यसै गरि कावासोती नगरपालिका भित्र बसोबास गर्ने नागरिकले कुनैपनि अस्पतालमा उपचार गर्दा प्रयोग भएको रगतको प्राविधिक खर्च बापतको रकम उपलब्ध गराउने समेत निर्णय गरिएको छ । देशभरका कुनै पनि अस्पतालमा उपचारका क्रममा प्रयोग गरिएको रगतको प्राविधिक खर्च बापतको रकम प्रमाणित कागजका आधारमा उपलब्ध गराउने निर्णय गरिएको हो ।
पहिलो बैठकले कृषकहरूलाई सिँचाईमा सहयोग पुर्याउने गरि नगरपालिका भित्र कृषि समूह, सहकारीको स्वामित्वमा रहने गरि स्थापना गरिने डिप बोरिङ मा प्रयाग हुने कृषि मिटर खरिदका लागि लाग्ने खर्चमा नगरपालिकाले अनुदान दिने निर्णय गरिएको छ ।
यसै गरि कावासोती नगरपालिका भित्र बसोबास गरेका अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, तथा सीमान्तकृत समुदायबाट विद्यावारिधि अध्ययन गर्दा एक लाख र अन्य समुदायका हकमा ५० हजार नगरपालिकाले अनुदान दिने निर्णय समेत गरेको छ ।
पदभार ग्रहण गर्दै मेयर विष्णुप्रसाद भुसालले आफू सधैँ जनताको पक्षमा काम गर्न लागि पर्ने बताउनुभयो । सबैको सल्लाह अनुसार कावासोतीको विकास र समृद्धिका लागि आफूले काम गर्दै जाने उहाँले बताउनुभयो ।
यसै बिच कावासोती नगरपालिका भित्र निर्वाचित सबै जनप्रतिनिधिको सपथ ग्रहण कार्यक्रम आजनै नगरपालिका हलमा सम्पन्न भएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |