२०८१ श्रावण १२, शनिबार
कावासाेती । नवलपुरका सबै स्थानीय तहकाे निर्वाचनको परिणाम आएकाे छ। ३० गते भएकाे निर्वाचनकाे परिणाम आउदा नवलपुरमा एमालेले आफ्नो बहुमत कायम गरेकाे छ ।८ वटा पालिका मध्य एमालेले ६ वटा पालिकाकाे प्रमुख जितेकाे छ । काङ्ग्रेसले दुई पालिका प्रमुख जितेकाे छ। जिल्लाकाे कावासाेती, मध्यविन्दु, देवचुली नगरपालिका र बाैदीकाली,बुलिङटार र विनयी त्रिवेणी गाउँपालिकामा एमालेले जित निकालेकाे छ।
काङ्ग्रेसले गैंडाकोट र हुप्सेकाेटमा जितेकाे छ । पालिका मुख्य १६ पद मध्ये ११ वटामा एमाले र ५ वटामा काङ्ग्रेसले जितेकाे छ।
यसै गरि जिल्लामा रहेका ९२ वटा वडा मध्य ४८ वटा वडामा एमालेले जितेकाे छ । काङ्ग्रेसले ४१ वटा वडामा वडा अध्यक्ष जित्दा माओवादीले २ र राप्रपाले १ वटा वडामा जितेकाे छ ।
एमालेले कावासाेतीमा १२,मध्यविन्दुमा १०,देवचुलीमा ११,गैंडाकोटमा ६ ,बाैदीकालीमा ४, विनयी त्रिवेणी ४ र बुलिङटारमा १ गरि ४८ वटा वडामा जितेकाे छ । काङ्ग्रेसले गैंडाकोटमा ११,देवचुलीमा ७,कावासाेतीमा ४,मध्यविन्दुमा ५,विनयी त्रिवेणीमा १ , हुप्सेकाेटमा ६ ,बाैदिकालीमा २ र बुलिङटारमा ५ गरि ४१ वटा वडामा जितेकाे छ ।
माओवादी केन्द्रले कावासाेती र गैंडाकोटमा ११ गरि दुई र राप्रपाले विनयी त्रिवेणीमा एउटा वडामा जितेकाे छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |