२०८० मंसिर २०, बुधबार
डेढगाउँ । बौदिकाली गाउँपालिका मा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार प्रकाश ओझाले आफ्नो स्वार्थ बौदिकाली गाउँपालिकाको विकास बाहेक अरु केही नभएको बताउनु भएको छ । चुनावी घरदैलोका क्रममा मतदाताहरुलाई आफ्ना एजेण्डा प्रस्तुत गर्दै आफ्नो लक्ष्य नितान्त गाउँपालिकाको विकास मात्रै भएको बताउनु भएको छ । गाउँपालिकाको विकासका लागि आफु अन्य समयमा समेत लागेको बताउदै मत दिएर विजयी बनाए थप खटिएर लाग्ने उहाँले बताउनुभयो । आफुले गाउँपालिकाको विकासका लागि विभिन्न योजना प्रतिवद्धताका रुपमा अघि सारेको बताउदै गाउँपालिका बासीमा मत दिएर विजयी बनाउन आग्रह गर्नुभयो । पहाड सधै पछि परेको तर्क गर्दै अब परिवर्तनको समय आएकाले परिवर्तन र विकासको पक्षमा आफुलाई मत दिन उहाँले आग्रह गर्नु भएको छ ।
शिक्षा,स्वास्थ्य, पुर्वाधार विकास, खानेपानी, सिंचाई विद्युतीकरण लगायत हाल भएका सामुदायिक वनहरुको संरक्षण गर्दै खालि जग्गामा आवश्यकता पहिचान गरी थप वृक्षरोपण गर्दै लाने नदिजन्य पदार्थहरुको अव्यवस्थित उत्खननले पार्ने वातावरणीय प्रभाव न्यूनिकरण गर्ने, व्यवस्थीत उत्खनन् गर्ने, कालिगण्डकी तथा यसमा मिसिने बाँैदीखोला, निरिन्दीखोलाहरुमा सिदै फोहर मिसाउने काम बन्द गर्ने, खोला, खोल्सी तथा कालिगण्डकीमा सिसा मुक्त बनाउने आफ्नो योजना रहेको उहाँले बताउनभयो । प्लास्टिक जन्य फोहोर कम गर्दै लाने र फोहोर व्यवस्थापन गर्दै प्रत्येक वडामा व्यवस्थित गर्ने ,मगर, दराई, नेवार लगायत अन्य जातजातिको संस्कृतिलाई संरक्षण गर्ने चितवन, पोखरा र पाल्पा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई कालिगण्डकी कोरिडोर बाटोबाट कम्तिमा एक रात बौदीकाली गाउँपालिकामा भ्रमण गराउने योजना बनाउने,दराई सामायिक होमस्टे, ल्हापे गुरुङ होमस्टे र मगर होमस्टेको प्रवर्धनमा गर्न संचालकहरुलाई होमस्टे तालीम, अन्यत्रका होमस्टेको अध्ययन भ्रमण, पाहुनाहरुलाई स्थानीय उत्पादन खुवाउने गरी कार्यक्रम संचालन गर्ने,कालिगण्डकी कोरिडोरमा यात्रा पर्यटनको प्रसार गर्ने कालिगण्डकीमा न्याफटिङ्ग, डुंगा सफारी, विच पर्यटनको विकास गर्ने आफ्नो योजना रहेको गाउँपालिका अध्यक्ष पदका उम्मेदवार ओझाले बताउनुभयो । यस्तै बेरोजगार तथा पढाइ छोडेका युवाहरुलाई स्थानीय स्तर मै व्यावासायिक तालीम दिई स्वरोजगार बनाउने, स्थानीय स्तरमा पाउन नसकेका तालीमहरुका लागि आवश्यक समन्वय गरी निःशुल्क तालीमको व्यवस्था गर्ने ।
भलिबल, एथलेटिक्स जस्ता विगतमा यस क्षेत्रको नाम राख्न सफल खेल लगायत अन्य खेलहरुलाई प्रवर्धन गर्न विद्यालयस्तर, क्षेत्रीय, जिल्लास्तर र प्रदेशस्तरका प्रतियोगिताहरु वार्षिक आयोजन गर्ने ,सरकारी विद्यालयका हालका खेलमैदानहरुको स्तरोन्नती गर्ने समेत आफ्नो योजना रहेको उहाँले बताउनुभयो । गाउँपालिका स्तरीय मिनि रङ्गशाला निर्माणलाई तिव्रता र प्रत्येक वडास्तरमा एक एक वटा सामुदायिक व्यायमशालाको स्थापना गर्ने लगायतका योजना आफ्नो रहेकाले सबै गाउँपालिका बासीमा मत दिएर विजयी बनाउन उहाँले आग्रह गर्नुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |