२०८० मंसिर १६, शनिबार
कावासोती । चुनाव नजिकिँदै जादा एमाले प्रवेशको लहर चलेको छ । कावासोतीका विभिन्न वडामा एमाले प्रवेशको लहर चलेको छ । आज कावासोती १४ मा काङ्ग्रेस बाट महिला सदस्यमा उम्मेदवार बन्नु भएकी सञ्जु महतो सहित ५५ बढि एमालेमा प्रवेश गरेकाछन् । काङ्ग्रेसबाट वडा सदस्यको उम्मेदवार बन्नु भएका महतो एमालेमा प्रवेश गर्नुभएको हो । एमालेले मात्रै विकास र समृद्धिको एजेन्डा अघि बढाउन सक्ने भएकाले आफू लगायत एमालेमा प्रवेश गरेको महतोले बताउनुभयो ।
कावासोती १४ मा महतोलाई काङ्ग्रेसले वडा सदस्यमा अघि सारेको थियो । अन्तिम नामावलीमा नाम कायम रहेकै अवस्थामा पछि काङ्ग्रेसले माओवादीका सदस्य उम्मेदवारलाई अघि बढाएको छ।
एमालेले मेयरका उम्मेदवार विष्णुप्रसाद भुसाल र उप मेयरका उम्मेदवार फुल कुमारी थनेत सहित अहिले घरदैलो कार्यक्रम गरिरहेको छ । उम्मेदवारहरु आफ्ना एजेन्डा बोकि मतदाताको घरदैलोमा पुगिरहेकाछन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |