२०८० मंसिर १६, शनिबार
काठमाडौं । वर्तमान राज्य व्यवस्था शान्तिपूर्ण ढंगबाट परिवर्तन नहुने भन्दै भूमिगत क्रान्ति गरेर दर्जन बढीको हत्या गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विभाजन भएको छ । धमेन्द्र बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ पक्षको चितवनमा बुधवार शुरु भएको भेलाले विप्वलवलाई महासचिवबाट निष्कासन गर्दै बास्तोलाको संयोजकत्वमा पार्टी पुनर्गठन गरेको हो ।
राष्ट्रिय भेला सुरु हुने वित्तिकै नेकपाका सल्लाहकार अध्यक्ष इश्वरी दाहाल ‘असारे काका’ले पार्टीको महासचिवबाट विप्लवलाइ निष्कासित गर्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले स्विकृत भएको छ । बैठकमा पार्टीको संयोजकको जिम्मेवारी पाएका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले आजै राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |