२०८० मंसिर २५, सोमबार
कावासाेती । गठबन्धनले महिलालाई उपेक्षा गरेकाे एमालेबाट कावासाेतीका उप मेयर पदमा उम्मेदवार फुल कुमारी थनेतले बताउनुभयो ।
आज कावासाेती ३ मा भएकाे घरदैलो कार्यक्रममा बाेल्दै उहाँले संविधानमा पालिकाकाे प्रमुख वा उप प्रमुख मध्ये कुनै एक पदमा अनिवार्य महिला रहनुपर्ने प्रावधान गरेकाे भएपनि गठबन्धन गरि महिला उम्मेदवार शून्य बनाई महिलालाई निषेध गरेकाे बताउदै सबै महिला यस विषयमा सचेत हुनुपर्ने बताउनु भयाे ।
मुख्य पदमा महिला नहुदा महिलाका समस्या सुन्ने काेहि नहुने बताउनुभयाे । महिलाका आफ्ना विषय, समस्याहरु हुन्छन् त्याे सहज रुपमा सुन्न मुख्य पदमा महिला अनिवार्य हुनुपर्छ सबै महिलाहरू यस विषयमा सचेत हुनुपर्छ ।
कार्यक्रममा बाेल्दै उप मेयर पदका उम्मेदवार फुल कुमारी थनेतले आफुहरुकाे जित पश्चात् कावासाेतीकाे याेजनावद्व विकासमा लाग्ने बताउनुभयो । कावासाेतीकाे विकास,समृद्धिका लागि एमालेकाे जित आवश्यक रहेकाे बताउदै एमालेका सबै उम्मेदवारलाई सुर्य चिन्हमा मत दिएर विजयी बनाउन आग्रह गर्नुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |