२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपुर प्रहरीले अवैद्य रुपमा ल्याउँदै गरेको युरिया र पिकअप भ्यानलाई नियन्त्रणमा लिएको छ ।
कावासोती नगरपालिका १६ चालिसकिलो स्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डमा पश्चिम बाट पूर्व तर्फ आँउदै गरेको ना ४ च ८३८८ नं. को पिकअप भ्यानमा चोकरको बोरा ले छोपी अवैध रुपमा ल्याएको ५५ बोरा युरिया मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । ७ लाख ८१ हजार २ सय (सात लाख एकासी हजार दुई सय) बराबरको सामान र सवारी साधन सहित बरामद गरी चालक समेत लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै प्रहरीले कावासोती १३ लौखानी स्थित दुलिराम थनेतको घरमा जुवा तास खेली रहेको अवस्थामा नगद आठ हजार नौसय पचासी र एक बुक तास सहित ४ जना पुरुषलाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई जुवा मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |