२०८० मंसिर २०, बुधबार
देवचुली । वैशाख ३० गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचनकाे सरगर्मी गाउँ गाउँसम्म पुगी सकेकाे छ । यसै विच नेकपा एमालेका उम्मेदवारहरूलाई भारी मतका साथ विजयि गराउन देवचुलीमा राष्ट्रिय युवासङ्घले आफ्नो क्रियाशीलता बढाएको छ । यसै बिच आज राष्ट्रिय युवा संघ नेपाल वडा नं १ वडा कमिटी देवचुलीले बृहत् युवा भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल नवलपुर इन्चार्ज तथा केन्द्रीय सदस्य मदन गिरिले युवा साथीहरूलाई चुनावका बेलामा युवाहरूले खेल्नुपर्ने भूमिका , आचरण तथा मतदाता प्रशिक्षणमा समेत युवा विद्यार्थी साथीहरू लाग्नुपर्ने बताएका थिए । नेपाली कांग्रेस गर्दुवाका पुराना नेता प्रेम गुरुङ पार्टी बच्चलन भएको कारण कांग्रेसमा बस्न सकिने अवस्था नरहेको भन्दै नेकपा एमाले प्रवेश गरेका छन् साथै आज नै नेपाली कांग्रेस वडानं १ वडा सहसचिव ओम बहादुर बिक सहित विभिन्न पार्टी परित्याग गरि ३० जना नेकपा एमाले प्रवेश गरेका छन् । राष्ट्रिय युवासंघ नेपाल , वडा कमिटीले वडा नं १ का अध्यक्ष कृष्ण काफ्ले संयोजक , वसन्त पौडेल र विजय माझी सह संयोजक रहने गरि ५१ जनाका युवा संघ , निर्वाचन परिचालन कमिटी समेत गठन गरेकाे छ । कार्यक्रमका प्रमुख अतिथि सूर्य पोख्रेलले समग्र वडा भित्रकाे मत सुरक्षण , नेता कार्यकर्ताकाे सुरक्षामा चुनावमा हुनसक्ने चलखेल युवाहरू चनाखो भएर लाग्नुपर्ने बताएका थिए । साेहि कार्यक्रममा जिल्लाका नेताहरू दीपक भट्टराई , सागर न्यौपाने र विष्णु चापागाईं, सुवास ओझाले मन्तव्य राखेका थिए । कृष्ण काफ्लेकाे अध्यक्षतामा भएको बैठकले १५ जनाकाे वडा मोवाइल टोली समेत गठन गरेकाे छ ।
डिआर क्षेत्रीबाट
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |