२०८० मंसिर २४, आईतबार
कावासाेती । स्थानीय तहकाे निर्वाचन लक्ष्यित गरि दलहरु घरदैलोमा जुटृका छन् । आफ्ना घाेषणा पत्रमा लेखिएका याेजना सुनाउदै उम्मेदवार मतदाताकाे घरदैलोमा पुगिरहेका छन् ।
कावासाेतीमा एमालेका मेयर पदका उम्मेदवार विष्णुप्रसाद भुसाल समेत घरदैलो अभियानमा जुट्नु भएको छ । घरदैलोमा आफ्ना याेजना सुनाउने मात्रै हैन जनताका हरेक समस्या बुझ्न सकिनेहुँदा भाेलीका दिनमा थप याेजना निर्माण र कार्य गर्न सहजता मिल्ने मेयर पदका उम्मेदवार विष्णुप्रसाद भुषालले बताउनुभयो ।
मुख्यतः सुकुम्बासी समस्या समाधान ,नदि कटान नियन्त्रण ,स्वास्थ्य ,प्राविधिक शिक्षामा जाेड,कृषिमा अनुदान ,पर्यटन क्षेत्रकाे विकास सहित आर्थिक विकासमा आफ्नो जाेड रहने भुषालले बताउनुभयो ।
यसबाहेक पुर्वाधार विकासमा समेत आफुले काम गर्ने उहाँकाे भनाइ छ। समग्रमा कावासाेतीकाे विकास,समृद्धि , शुसासन ,जनताकाे गुणस्तरीय जिवनयापनमा कायमका लागि आफू सदैब लाग्ने जनतालाई विश्वास दिलाउदै घरदैलोमा पुगिरहेकाे मेयर पदका उम्मेदवार विष्णुप्रसाद भुषालले बताउनुभयो ।
घरदैलोमा मेयर सहित एमालेबाट उप मेयर पदमा उम्मेदवार बन्नुभएका फुलकुमारी थनेत समेत पार्टीकाे प्रतिबद्वता जनतालाई बुझाउदै घरदैलोमा हिड्नु भएकाे छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |