२०८१ बैशाख १७, सोमबार
कावासोती । निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन सँगै दलहरूलाई चुनाव चिन्ह प्रदान गरेको छ । कावासोतीमा समेत स्वतन्त्र रुपमा निर्वाचनमा उम्मेदवार बनेका उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको छ ।
कावासोतीको प्रमुख पद मेयरमा ९ जनाको उम्मेदवारी कायम भएको छ । कावासातीको मेयर पदमा एमालेबाट विष्णु प्रसाद भुषाल, कांग्रेसबाट महेन्द्र पोख्रेल, विवेकशिल साझाबाट केशव प्रसाद अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गुनाखर काफ्ले, राष्ट्रिय जनमुक्ति पार्टीबाट बुद्धि बहादुर सारु मगर , मंगोल नेशनल अर्गनाइजेसनबाट गोपाल गुरुङ, सामाजिक एकता पार्टीबाट धन बहादुर लामा चुनावी प्रतिस्पर्धामा होमिने हुनु भएको छ ।
कावासोतीमा मेयरमा दुई जनाको स्वतन्त्र उम्मेदवारी रहेको छ । अमित कुमार विश्वकर्मा र माधव प्रसाद लम्सालको स्वतन्त्र उम्मेदवारी रहेको छ ।
यस्तै उप मेयरमा चारजनाको मात्रै उम्मेदवारी कायम भएको छ । उप मेयरमा एमालेबाट फुल कुमारी थनेत, माओवादी केन्द्रबाट पतिराम थनेत, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रन कुमारी महतो र राष्ट्रिय जनमुक्ति पार्टीबाट चन्दा गुरुङ बिच प्रतिस्पर्धा हुने भएको छ ।
कावासोतीमा वैशाख ३० गते हुने निर्वाचनका लागि २५ हजार ८८९ पुरुष, २९ हजार ४३९ महिला, अन्य २ गरि कुल ५५ हजार ३३० मतदाताले मतदान गर्नेछन् । कावासोती नगरपालिकामा २१ वटा मतदान स्थल र ६४ मतदान केन्द्र रहेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |