२०८१ श्रावण १२, शनिबार
काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पालिका चुनावमा पार्टीबाट टिकट वितरण गर्दा अनियमितता भएको टिप्पणी गर्नुभएको छ ।
आज प्रेस विज्ञप्ति निकालेर उहाँले टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो भन्ने कुरा सार्वजनिक भैरहेको र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताले भोग्दै गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ । उहाँले पार्टीभित्र भैरहेका यस्ता कामबाट निराश नहुने पनि उल्लेख गर्नुभएको छ । पार्टीको गलत निर्णय र क्रियाकलापकै कारण केही ठाउँमा कांग्रेस नेता कार्यकर्ता स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य भएको उहाँको भनाइ छ । कोइरालाले असन्तुष्ट नेता कार्यकर्तालाई पार्टीको मूल प्रवाहमा फर्किन आग्रह पनि गर्नुभएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |