२०८१ श्रावण १२, शनिबार
नवलपुर । गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले नगरप्रमुुख पदबाट राजिनामा दिनुभएको छ । स्थानीय तहको निर्वाचनमा पुनः नगरपमुख पदमा उमेदवारी दिने तयारी स्वरुप उहाँले नगरप्रमुख पदबाट राजिनामा दिनुभएको हो । गैँडाकोट नगरपालिकाका निमित्त प्रमुख प्रशाासकीय अधिकृत झलकराज पौडेलले नगरप्रमुख पौडेलले दिएको राजिनामा बाचन गरेर सुनाउनुभयो ।
मेयर पौडेलले प्रयोग गर्दै आएको बा २ झ ३६०४ नम्बरको सवारीको चावी समेत निमित्त प्रमुख प्रशाासकीय अधिकृत झलकराज पौडेल समक्ष बुझाउनुभएको छ ।स्थानीय तहको निर्वाचनमा उमेदवार हुन चाहने जनप्रतिनिधीहरुले राजिनामा दिनुपर्ने प्रावधान अनुसार मेयर पौडेलले राजिनामा दिनुभएको हो । बैशाख ३० गतेको लागि तय भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट छत्रराज पौडेल र यमुनाथ आचार्य मध्ये एकजनाले टिकट पाउने निश्चित छ । यो खबर तयार पार्दासम्म गैँडाकोट नगरपालिकाबाट मेयर पौडेल सहित एघारजना वडाअध्यक्षहरुले राजिनामा दिएका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |