२०८१ श्रावण १२, शनिबार
राष्ट्रिय कृषि गणना कार्यक्रमका लागि छनौट भएका गणकहरु मंगलबार ( भोलिदेखि ) घरघरै आउँदैछन् ।
नवलपुरमा ५५ गणक र १४ जना सुपरीवेक्षक कृषि गणनाका लागि खटाइदैन छ । कृषि गणना कार्यालय नवलपुरले तथ्याङ्क सङ्कलनका लागि खट्ने गणकहरूलाई आवश्यक सामाग्री प्रदान समेत गरेको छ । कार्यालय प्रमुख रेणु घिमिरेका अनुसार गणकहरुलाई झोला , टिसर्ट , परिचयपत्र , टोपी , क्याल्कुलेटर , प्रश्नावली , छाता लगायतका सामाग्री उपलब्ध गराइएको छ । गत चैत २५ देखि वैशाख ३ गते सम्म गणक तथा सुपरीवेक्षकलाई तालिम प्रदान गरिएको थियो । तालिम पछि उनीहरूलाई सामाग्री प्रदान गर्ने कार्य जारी रहेको छ । सोमबार ( आजसम्म ) सबै गणकलाई सामाग्री प्रदान गरेर सक्ने र भोलिदेखि घरघरमा तथ्याङ्क संकलन गर्न गणक खटिने घिमिरेले जानकारी दिनुभयो । बैशाख ६ ( भोलि ) देखि जेठ १९ गते ४५ दिनसम्म गणकहरु घरघरमा पुगेर तथ्याङ्क संकलन गर्नेछन् ।
जिल्लामा रहेको आठ वटा पालिकाको १५५ वटा गणना क्षेत्रमा पहिलो चरणमा सूचीकरण र दोश्रो चरणमा स्याम्पलिङ गर्ने काम गर्ने घिमिरेले जानकारी दिनुभयो । ‘सुपरीवेक्षकले संस्थागत फर्म र सामुदायिक प्रश्नावली भर्ने र गणकको मोनिटरिङ तथा सहजीकरण गर्ने कार्य गर्नेछन् भने , गणकहरुको मुख्य काम भने , उहाँहरूको तोकिएको गणना क्षेत्रमा गएर त्यहाँको वडा अध्यक्षसँग समन्वय गरि मातहतमा रहेर सूचीकरण गर्ने काम गर्नुहुन्छ । ’ घिमिरेले भन्नुभयो ।
घिमिरेले घरघमा आउने गणकहरुलाई सत्यतथ्य सुचना उपलब्ध गराउनु समेत आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो – ‘छनौटमा परेका कृषि क्षेत्रका कृषक परिवारलाई हामी अपिल गर्छौँ कि ? यहाँहरूले सत्यतथ्य सूचना उपलब्ध गराएर, गणकले जे सोध्नुहुन्छ त्यसको सही उत्तर दिएर सातौँ राष्ट्रिय कृषि गणना सफल पनि हुन्छ र त्यसैको आधारमा हाम्रा पालिकाको , जिल्लाको १० वर्षको लागि कृषिको पूर्वाधार ( योजना , नीति , बजेट , अनुगमन र मल्याङ्कन ) गर्न, यथार्थ तथ्याङ्कले कृषिको विकास लागि पनि सहयोग गर्छ । ’
नवलपुरमा आठ पालिकाहरूमा गणना क्षेत्र कावासोतीमा २४, देवचुलीमा २२ , गैँडाकोटमा २१ , मध्यबिन्दु २३ , विनयी त्रिवेणीमा २० , हुप्सेकोटमा १५ , बौदीकालीमा १३ र बुलिङटारमा १७ कायम गरिएको छ ।
यस गणना यो पटकको सातौँ र संघीयता आएपछिको पहिलो हो । कार्यालय प्रमुख घिमिरेका अनुसार कृषि क्षेत्रको निति निर्माण , योजना तर्जुमा , कार्यान्वयन , अनुगमन तथा मूल्याङ्कनका लागि देशलाई आवश्यक पर्ने आधारभूत तथ्याङ्कहरू प्राप्त गर्ने उद्देश्यका साथ कृषि गणना कार्य २०१८ सालदेखि १० – १० वर्षको अन्तरालमा केन्द्रिय तथ्याङ्क विभागले कृषि गणना गर्दै आइरहेको छ ।
यस्तै गणहरुले सही तरीकाले काम गरेका छन् कि छैनन् भन्ने कुराको अनुगमन गर्ने कार्य समेत हुने उहाँको भनाइ छ । ‘वडामा वडा अध्यक्ष्ँको समनवयमा , पालिकामा उपाध्यक्ष र उपप्रमुखको समन्वयमा समिति बनेको छ भने जिल्लामा प्रमुख जिल्ला अधिकारीको समनवयमा समिति बनेको छ । आवश्यकता अनुसार यो समितिले गणक सुपरीवेक्षकले गरेको कामको अनुगमन गर्छौँ । ’
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |