२०८० मंसिर २५, सोमबार
पर्सागढी । आसन्न स्थानीय तहको निर्वाचनका लागि पर्सागढी नगरपालिकामा एमालेबाट मेयर र उपमेयरका उम्मेदवार सर्वसम्मत सिफारिस गरिएको छ । पर्सागढी नगरपालिकाको लागि एमालेले पुनः मेयरमा गोकर्ण पाठकलाई अगाडि बढाउने भएको छ । गत निर्वाचनमा थोरै मतले पराजित पाठक पुनः मेयरमा उठ्ने निश्चित भएको एमाले पर्सागढीले जनाएको छ ।
पाठक गत निर्वाचनमा जम्मा ६५ मत अन्तरले पराजित हुनुभएको थियो । यसै गरि उप मेयरमा पुजा चौधरीलाई उम्मेदवार बनाउने एमालेले जनाएको छ ।
गत निर्वाचनमा मेयरमा कांग्रेसले जितेको यस नगरपालिकामा एमालेले यस पटक आफ्नो जित निश्चित भएको दाबी गरेको छ । कांग्रेसबाट निर्वाचित मेयरले पाँच वर्षको अवधिमा उपलब्धि मूलक काम नगरेकाले आम नागरिक असन्तुष्ट रहेको ,तेस्रो भएको तत्कालीन फोरमको अवस्था समेत पहिले जस्तो नभएकाले आफ्नो जित निश्चित भएको एमाले पर्सागढी नगर कमिटी अध्यक्ष दुर्गा लामिछानेले बताउनुभयो ।
एमाले फुटेको भएपनि तेसको असर खासै नपर्ने र माओवादीसँगको समायोजनका समयका केही मतदाता एमालेको पक्षमा रहेकाले जितको आधार भएको एमालेको जिकिर छ । पर्सागढीमा काङ्ग्रेस ,एमाले र जसपा बीचै प्रतिस्पर्धा हुने देखिएको छ ।
पर्सा जिल्लाको सम्भावना बोकेको नगरपालिका भएपनि निर्वाचित जनप्रतिनिधिले उपलब्धि मुलक काम नगरेको एमालेको आरोप छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सिँचाइ, आर्थिक तथा सामाजिक विकासको पाटोमा गर्नुपर्ने धेरै काम अझै बाँकी रहेको र पाँच वर्षको अवधिमा उपलब्धि न्यून भएको र यि एजेण्डामा एमालेले काम गर्ने भएकाले आफ्नो जितको आधार भएको एमाले पर्सागढीका नगर कमिटी अध्यक्ष लामिछानेले बताउनुभयो । सुशासनको पाटोमा समेत पटक पटक नगरपालिका चुकेको उहाँको आरोप छ । नदीजन्य पदार्थ निकासी पार्दर्शी नभएको, विकासका बजेट फ्रिज भएको, पशु आहार बितरण गर्दा म्याद नाघेको बाडेको, लेखा अधिकृतको सरुवा विवादित र शंकास्पद भएको यस्ता कयौं विवादित काम भएकाले आम नागरिक असन्तुष्ट रहेको नगर कमिटी अध्यक्ष लामिछानेले बताउनुभयो । कांग्रेसको पाँच वर्ष कार्यकाल विवादै विवादमा सकिएकोले जनताले यसपटक फरक मत प्रकट गर्ने एमालेको विश्वास छ । विकास, समृद्धि र शुसासन कायमका लागि नगरमा एमालेको नेतृत्व आवश्यक रहेको र आम जनताले यस विषय बुझेकाले यसपटक आफ्नो जित निश्चित भएको एमाले पर्सागढी नगर कमिटीका अध्यक्ष दुर्गा लामिछानेको भनाई छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |