२०८१ श्रावण १२, शनिबार
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटनबाट नै देश विकास सम्भव रहेको बताउनुभएको छ ।
शनिबार गैंडाकोट ९ थुम्सी स्थीत शिखरखजुराव शैलीको भव्य एवं कलात्मक हनुमान मन्दिरमा आयोजना गरिएको विराट् ज्ञानमहायज्ञ आज समापन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले धार्मिक पर्यटनका हिसाबले गण्डकी प्रदेश धनी रहेको बताउँदै यहाँका धार्मिक स्थलहरुको विकासका लागि प्रदेश सरकार सिदैव अग्रसर रहेको बताउनुभयो । उहाँले पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्तिनाथदेखि त्रिवेणीधाम समेत गण्डकी प्रदेशमा रहनुले यहाँको आर्थिक विकासमा ठूलो टेवा पुगेको जिकिर गर्नुभयो ।
उहाँले भारत र चिन जोड्ने धार्मीक भूमि नै नेपाल भएकाले धार्मिक पर्यटनले देश विकासमा टेवा पुग्ने समेत जोड दिनुभयो । उहाँले प्रदेश भित्र रहेका धार्मिक क्षेत्र गजेन्द्र मोक्षधाम, मुक्तिनाथसम्म र देवघाटधामले विषेश महत्व राख्ने हुँदा यी क्षेत्रको विकासमा विशेष प्राथमिकता दिएर अगाडी बढ्ने मुख्यमन्त्री नेपालीले बताउनुभयो ।
हनुमान मन्दिर चक्रघाट समितिका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक टिकाराम सापकोटाले शिखरखजुराव शैलीको नेपालकै पहिलो, भव्य र कलात्मक मन्दिर रहेको दावी गर्दै पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न गुरु योजना अनुसार काम गर्ने बताउनुभयो । नेपालको मध्य भागमा रहेको यस मन्दिर पूर्वपश्चिम भएर यात्रा गर्नेहरुका लागि पायक पर्ने स्थानमा समेत रहको हुँदा यस क्षेत्रको प्रचारप्रसार संगै मन्दिरले यस क्षेत्रको विकासमा समेत टेवा पु¥याउने उहाँको भनाई छ ।
सङ्कटमोचन श्रीहनुमानजीको दिव्यमूर्ति, कलाकारिताले परिपूर्ण मन्दिरको बाहिरी पाटो, शिखरखजुराव शैलीको गुम्बज, काष्ठकलाका कलात्मक झ्यालढोका, रामदरबार,साना गुम्बज आकारका मार्वल रेलिङ, मार्वलकै आँखीझ्याल, सिँढी तथा आकर्षक विद्युत व्यवस्थापन र रङ्गरोगन यस मन्दिरका दर्शनीय पक्षहरु रहेको उहाँले बताउनुभयो । २०४२ सालदेखी पूजा अर्चना गरिदै आएकोमा हाल ४२ फुट लम्बाइ, ४२ फुट चौडाइ र ६३ फुट उचाइ भएको मन्दिर निर्माण गरिएको जानकारी दिनुभयो ।
यहि चैत्र २७ गते रामनवमीदेखी शुरु भएको महायज्ञ शनिबार ( आजसम्म) चलेको थियो । महायज्ञमा डा. बलराम ब्रह्मचारीज्यूले कथा प्रवचन गर्नुभएको थियोे ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |