२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपुर जिल्ला फुटबल संघको अध्यक्षमा पुनः सेत बहादुर पुन निर्वाचित हनु भएको छ । नवलपुरको कावासोती स्थित पानस बैंक्विटमा आज भएको प्रथम अधिवेशनले सेत बहादुर पुनको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्व सम्मत चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा मेघराज पाण्डे, हरि थापा र हेमु शंकर देवकोटा सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
जिल्ला फुटबल संघको सदस्यमा रामलाल श्रेष्ठ, हरिमाया चौधरी, विपुल अर्याल, थमन चौधरी, नैनाराम थनेत, सुरज कहार, तीर्थराज डुम्रे, मदन थापा, लक्ष्मण कार्की, नारायण अधिकारी र गौरवभक्त अधिकारी सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको छ ।
यस अघि अधिवेशनको खुला सत्र कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारीको प्रमुख आतिथ्यमामा भएको थियो । अधिवेशनमा अखिल नेपाल फुटबल संघका केन्द्रिय प्रतिनिधि प्रकाश पंगेनी सहित विभिन्न खेलकुदसँग आवद्ध सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
नवनिर्वाचित अध्यक्ष सेत बहादुर पुनले जिल्लामा फुटबल खेल सहित समग्र खेलकुद क्षेत्रको विकासका लागि आफू र सिङ्गो समिति सदैव लागि पर्ने बताउनुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |