२०८१ श्रावण १२, शनिबार
कावासोती । कावासोती नगरपालिका वडा नम्बर २ को आयोजनामा बुधबार देखि संचालित स्क्रिन प्रिन्ट तालिम सोमबार समापन भएको छ । वडा भित्र सिप विकास गरि रोजगारीको सिर्जना गर्न आयोजना गरिएको तालिम सोमबार समापन गरिएको हो । तालिममा वडा भित्रका विभिन्न टोलका सहभागी रहेका थिए।
तालिम समापन कार्यक्रम वडा अध्यक्ष लक्ष्मि प्रसाद पौडेलको अध्यक्षतामा भएको थियो । समापन कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले सिकेका सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले सिप सिकेर केही उद्यम गर्न आग्रह गर्दै सो समयमा थप पुर्नताजगी तालिमको आवश्यकता भए आफूहरुले त्यसको प्रबन्ध गर्ने समेत बताउनुभयो ।
कार्यक्रममा वडा सदस्यहरु शिव प्रसाद पाण्डे,झमान सिंह कानुन, भुमा पुनले बौल्दै तालिमलाई तालिमको लागि मात्रै सिमिति नराखी सिकेका सिपको प्रयोग गरि स्वरोजगार बन्न शुभकामना दिएका थिए ।
स्क्रिन प्रिन्ट तालिममा सहभागिहरुले समापन कार्यक्रममा बोल्दै तालिम प्रभावकारी भएको बताएका थिए । उनिहरुले भोलीका दिनमा समेत वडामा यस्तै सिप मुलक तालिम संचालन गर्दै जान आग्रह समेत गरेका थिए । चैत १६ गतेबाट संचालित स्क्रिन प्रिन्ट तालिममा लिलाधर भट्टराई र हरि प्रसाद पौडेलले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |