२०८१ श्रावण १२, शनिबार
कावासोती । नेकपा माओवादी केन्द्र देवचुली नगर कमिटी सदस्य तथा वाइसिएल नेपालका नगर कमिटीका वरिष्ठ उपाध्यक्ष चेतनारायण शर्मा नेकपा एमाले प्रवेश गर्नुभएको छ ।
शनिबार साँझ पार्टी कार्यालय कावासोतीमा आयोजना गरिएको एक कार्यक्रमकाबीचमा उहाँलाई नेकपा एमाले केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज एवम् प्रतिनिधि सभा सदस्य तिलक महत , संविधान सभा सदस्य जीवन श्रेष्ठ , केन्द्रिय सदस्य रबिन्द्र अधिकारी , जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे लगायतका नेताहरुले टिका र खादा लगाएर उहाँलाई पार्टीमा स्वागत गर्नुभएको हो ।
पार्टी प्रवेशमा बोल्दै शर्माले माओवादी केन्द्रको नेतृत्व लिएका प्रचण्ड नीति सिद्धान्त र पार्टीको भावना विपरित कार्य गर्न उद्धत भएको र एकलौटी ढंगबाट चलेको उहाँले बताउनुभयो । प्रचण्ड आफ्ना परिवारलाई मात्रै सेटिङ गर्ने , कार्यकर्ताको भावनामाथि घात गर्ने लगायतका कृयाकलापले माओवादी पार्टीको जरो हल्लिएकाले कतिबेला ढल्छ थाहा नभएको उहाँले बताउनुभयो । देशको विकास र जनताको लागि सोच्ने पार्टी भनेको एमाले मात्रै रहेको आफूले मनन गरेका कारण एमाले प्रवेश गरेको उहाँको भनाई थियो । एमाले पार्टीलाई महासागरको सङया दिदै उहाँले महासागरमा आफू पनि मिसिन आएको र छिट्टै घुलमिल भएर देश र जनताका लागि केही गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
यस्तै बुलिङटार गाउँपालिका ६ बाट नेपाली काङग्रेसबाट निर्वाचित दलित महिला सदस्य साबित्रा परिवार पनि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । देश र जनताका लागि काङग्रेसले केही गर्न नसकेको भन्दै उहाँले एमालेमा प्रवेश गरेको बताउनुभयो । देशको विकास एमालेबाट मात्रै सम्भव रहेको उहाँले बताउनुभयो ।
यसैबीच नेकपा एमाले नवलपुरले कावासोती नरगभित्र रहेका वडा इन्चार्ज , एमालेबाट निर्वाचित जनप्रतिनिधि तथा विजेता उपविजेतासँग अन्तरकृया कार्यक्रम गरेको हो । शनिबार साँझ भएको अन्तरकृयामा इन्चार्ज , जनप्रतिनिधि तथा विजेता उपविजेताहरुले समाज , वडा र नगरको विकासका लागि गरेका काम र प्रयासका बारेमा रिपोटिङ्ग गर्नुभएको थियो । सो क्रममा कावासोती नगरपालिका उपप्रमुख प्रेम शंकर मर्दनिया थारूले कावासोती नगरको विकासका लागि आफूहरूले धेरै काम गरेको जानकारी गराउनुभएको थियो । उहाँले यहाँ भएका विकास एमाले सरकारकै पालामा भएको , आफूहरू निर्वाचनमा होमिदा घोषणा पत्रमा लेखिएका कुराहरूमा बसपार्क बाहेक सबै काम गरेको उहाँले बताउनुभयो । उहाँले कावासोतीमा शहरी विकास योजानाबाट करोडौँ रकम ल्याउन सफल भएको भन्दै यस्ता कामहरूको कार्यकर्ताहरूबाट प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो । कावासोतीमा विकास भएन भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी हुने गरेकोमा गुनासो पोख्दै उहाँले टरुवा तालको विकास र संरक्षण , पोखरी तालको विकास , डण्डादेखि तल जाने बाटो ग्रिनरी सहितको योजना यस्ता ठूला योजनाहरु पार्न सफल भएको , करोडौँका योजनाहरु ल्याउन आफुहरुकै पहलबाट सफल भएको भन्दै उहाँले यस्ता कामका बारेमा जनस्तरमा सुचना पु¥याउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै एमाले केन्द्रिय सदस्य महतले निर्वाचन नजिकै आईरहेको समयमा एकअर्काप्रति मन दुखाएर नभई एकजुट भएर पार्टीलाई जिताउन लाग्नु निर्देशन गर्नुभयो । काङग्रेसले २५ वर्षसम्म सरकार चलाउदा नभएका विकास काम एमाले सरकारले चार वर्ष सरकार चलाउँदा भएको र धेरै दिर्घकालीन योजनाहरुको सुरुआत भएको बताउनुभयो । नवलपुरमा मुख्यमन्त्री आएर उद्घाटन गरेको खानेपानी टंङ्की , शहरी विकासबाट कावासोतीमा ५५ करोड झाक्रीका कारण आयो भनेर सामाजिक सञ्जालमा लेखिएका विकास बजेट एमाले सरकारकै पालामा आएको भन्दै उहाँले एमालेले गरेको जस अरुले लिने काम भएको बताउनुभयो । पूर्वपश्चिम राजमार्ग , सुरुङमार्ग , देउवाले भारतमा गएर उद्घाटन गरेको रेल सबै एमाले सरकारकै पालामा भएको काम तर जस अहिलेको सकरारले लिने भएकाले यस्ता कुरालाई कार्यकर्ताले चिर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्लाका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो । कावासोती नगर इन्चार्ज सीता पंगेनीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |