• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर २०, बुधबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

३ घण्टा अघि
२

कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

१0 घण्टा अघि
३

कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

१0 घण्टा अघि
४

नवलपरासीमा ९ वर्षीय छात्रामाथि लात्ती र लौरोले निर्घात कुटपिट

१0 घण्टा अघि
५

अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन

१0 घण्टा अघि
६

गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि छलफल

१ दिन अघि
७

गैँडाले आक्रमण गर्दा दुई जना घाइते

१ दिन अघि
८

आफैं प्याड बनाउन सिक्दै देवचुली ५ का महिला

१ दिन अघि
९

एनसेल बिक्री प्रकरणको विश्लेषण पछि सरकार निष्कर्षमा पुग्छ :अर्थमन्त्री डा. महत

१ दिन अघि
१०

मूल्य नपाउँदा बिकेन सुठो

१ दिन अघि
११

मुस्ताङमा सिजनको पहिलो हिमपात

२ दिन अघि
१२

कावासोतीमा स्थापनामा गरिएको जटायु रेष्टुराँका कारण गिद्धको सङ्ख्यामा वृद्धि

२ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

७ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

६ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

८ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

६ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

चार दिनभित्र उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसको निर्देशन

नवलपुर प्रेस ६५२ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र १८, शुक्रबार (१ साल अघि)

नेपाली कांग्रेसले चार दिनभित्र वडा, गाउँपालिका र नगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन गरेको छ । कांग्रेसले ७७ वटै जिल्लामार्फत् ७५३ वटै स्थानीय तहमा परिपत्र गर्दै बैशाख २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गरी पठाउन निर्देशन दिएको हो । प्रवक्ता प्रकाशशरण महतले पार्टीले ७५३ वटै स्थानीय तहबाट वडा सदस्य, वडाध्यक्ष, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र मेयर/उपमेयरका उम्मेदवारको नाम सोमबार र मंगलबारभित्र सिफारिस गरिसक्न निर्देशन गरेको बताए ।कांग्रेसको विधानले वडाका विभिन्न पदका उम्मेदवारको नाम वडा कार्यसमिति र गाउँपालिका/नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार सम्बन्धित गाउँ/नगर कार्यसमितिबाट सर्वसम्मत भए एक जना, सर्वसम्मत नभए एक पदमा एक महिलासहित तीन जनाको नाम समावेश गरी सिफारिस गरेर पठाउनुपर्ने व्यवस्था गरेको छ। विधानअनुसार उम्मेदवार चयन गरेर पठाउन निर्देशन गरिएको प्रवक्ता महतले बताए।‘वडा र पालिका कार्यसमितिबाट भएको सिफारिसकै आधारमा माथिल्लो तहले उम्मेदवारको तय गर्ने हो, वडामा कसले चुनाव जित्न सक्छ? पालिकामा कसले चुनाव जित्न सक्छ? त्यो कुरा सम्बन्धित तहकै साथीहरूलाई थाहा हुन्छ,’ उनले भने, ‘त्यसकारण उहाँहरूले नै नाम सिफारिस गरेर पठाउने हो। उहाँहरूको सिफारिसकै आधारमा उम्मेदवारको चयन हुन्छ।’कांग्रेसले चैत्र २० गते वडा कार्यसमितिको बैठक राख्न र २१ गते वडाका उम्मेदवारको नाम माथिल्लो तहमा सिफारिस गरी पठाउन निर्देशन गरेको छ। त्यस्तै, चैत्र २२ गते पालिका तहमा बैठक बस्नेछ। बैठकले पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सिफारिस गर्नेछ भने वडा कार्यसमितिको सिफारिस बमोजिमका उम्मेदवारका विषयमा राय राखेर प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा सिफारिस गरी पठाउनेछ। प्रदेशले प्रतिनिधिसभा क्षेत्रीय समितिलाई र प्रतिनिधिसभा क्षेत्रीय समितिले जिल्ला कार्यसमिति हुँदै प्रदेश कार्यसमितिसम्म उम्मेदवारहरूको सिफारिस गर्ने व्यवस्था छ।वडाध्यक्षसहित वडाका उम्मेदवारको चयन प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले टुंगो लगाउनेछ भने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार जिल्ला संसदीय समितिले टुंगो लगाउनेछ। नगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार भने प्रदेश संसदीय समितिले टुंग्याउने विधानले व्यवस्था गरेको छ।यसरी विधानअनुसार क्रमशः तल्ला तहबाट माथिल्लो तहमा उम्मेदवारको नाम सिफारिस भइ आउने व्यवस्था छ।जसअनुसार चैत्र २३ गते पालिका तहले प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई सिफारिस गर्नेछ भने चैत्र २४ गते प्रदेश क्षेत्रीय कार्यसमितिको बैठक बसेर रायसहित चैत्र २५ गते प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई सिफारिस गरी पठाउनेछ। वडा, पालिका र प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सिफारिस बमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले संसदीय समितिमार्फत् वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवारको टुंगो लगाउनेछ।त्यस्तै, प्रतिनिधिसभा क्षेत्रीय समितिले चैत्र २६ गते बैठक बसेर आफ्नो क्षेत्रका पालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवारबारे रायसहित जिल्ला कार्यसमितिलाई लेखी सिफारिस गर्नेछ। जिल्ला कार्यसमितिले चैत्र २८ गते बैठक बस्ने र २९ गते प्रदेश कार्यसमितिलाई सिफारिस गर्ने कांग्रेसको परिपत्रमा उल्लेख छ।त्यस्तै, चैत्र ३० गते सातै प्रदेश कार्यसमितिको बैठक बस्ने र बैशाख १ गते उम्मेदवारको नामावली तय गरी केन्द्रलाई लेखी पठाउन निर्देशन छ। प्रवक्ता महतले वडा, गाउँपालिका र नगरपालिकाका उम्मेदवारको विधानअनुसारै टुंगो लगाइने बताए। ‘विधानले प्रष्ट व्यवस्था गरिदिएको छ, त्यहीअनुसार सबै तहले आन्तरिकरुपमा व्यापक बहस र छलफल गरी उम्मेदवारको टुंगो लगाउने हो,’ उनले भने, ‘हाम्रो हस्तक्षेप हुदैन, तलबाटै सर्वसम्मत सिफारिस भएर आए हामीले हस्तक्षेप गर्ने कुरा पनि हुदैन। कतिपय ठाउँमा सहमति नहुन सक्छ, त्यस्तो अवस्थामा केन्द्रमा निर्माण भएको संयन्त्रले त्यस्ता समस्यालाई किनारा लगाउने काम गर्दछ।’उनले महानगरपालिकाको हकमा भने महानगर कार्यसमितिको सिफारिसमा प्रदेश कार्यसमितिको राय लिएर केन्द्रीय संसदीय समितिले उम्मेदवारको टुंगो लगाउने बताए।तर अहिलेसम्म केन्द्रीय संसदीय समिति भने बनेको छैन। सभापति शेरबहादुर देउवासहित केन्द्रीय पदाधिकारी र बढीमा ११ जना केन्द्रीय सदस्य रहने संसदीय समितिमा सभापतिले मनोनीत गर्नुपर्ने सदस्यहरू मनोनीत गर्न सकेका छैनन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

  • कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

  • कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

  • नवलपरासीमा ९ वर्षीय छात्रामाथि लात्ती र लौरोले निर्घात कुटपिट

  • समाचार
  • १

    भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल
    ३ घण्टा अघि

  • २

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न
    १0 घण्टा अघि

  • ३

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न
    १0 घण्टा अघि

  • ४

    नवलपरासीमा ९ वर्षीय छात्रामाथि लात्ती र लौरोले निर्घात कुटपिट
    १0 घण्टा अघि

  • ५

    अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन
    १0 घण्टा अघि

  • ६

    गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि छलफल
    १ दिन अघि

  • ७

    गैँडाले आक्रमण गर्दा दुई जना घाइते
    १ दिन अघि

  • ८

    आफैं प्याड बनाउन सिक्दै देवचुली ५ का महिला
    १ दिन अघि

  • ९

    एनसेल बिक्री प्रकरणको विश्लेषण पछि सरकार निष्कर्षमा पुग्छ :अर्थमन्त्री डा. महत
    १ दिन अघि

  • १०

    मूल्य नपाउँदा बिकेन सुठो
    १ दिन अघि

  • नवलपुर बिशेष
    १

    भोक्रोफाँटमा टावर निर्माण सँगै जनतामा खुसियाली छाएको छ : संस्थापक नगर प्रमुख पौडेल

    नवलपुर प्रेस
    २

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

    नवलपुर प्रेस
    ३

    कावासोती १४ मा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

    नवलपुर प्रेस
    ४

    अमरापुरीमा सुरु भयो ‘रेडबुल’को उत्पादन

    नवलपुर प्रेस
    ५

    गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तयारीका लागि छलफल

    नवलपुर प्रेस
    ६

    गैँडाले आक्रमण गर्दा दुई जना घाइते

    नवलपुर प्रेस
    ७

    आफैं प्याड बनाउन सिक्दै देवचुली ५ का महिला

    नवलपुर प्रेस
    ८

    एनसेल बिक्री प्रकरणको विश्लेषण पछि सरकार निष्कर्षमा पुग्छ :अर्थमन्त्री डा. महत

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution