२०८० मंसिर २५, सोमबार
कावासोती । किशोरीको शिक्षा ,स्वास्थ्य, सुरक्षा, सहभागिताको सवाल लगायतका विषयमा केन्द्रित रहि सञ्चालित किशोरी सशक्तीकरण कार्यक्रमले किशोरीमा परिवर्तन ल्याएको छ । जागृती बाल तथा युवा सरोकार नेपाल र कन्नालनको सहयोगमा कावासोतीमा सञ्चालित कार्यक्रमले किशोरीमा परिवर्तन ल्याएको कार्यक्रमका किशोरी साथी शिक्षकले बताएका छन् । कार्यक्रमले किशोरीहरुमा आत्मविश्वास बढाउदै लगेको छ ।
‘म पहिला बोल्न डराउथे, अहिले म आफै कार्यक्रममा सहभागि हुन इच्छुक हुन्छु ।’– प्रतिक्षा विक ,कावासोती १
‘म आत्मरक्षाको तालिम लिएपछि मेरो आत्मविश्वास बढेको छ , मैले आफ्ना साथीहरूलाई समेत सिकाउने गरेको छु ।’– प्रकृति अर्याल, कावासोती १
‘मलाई कुनै कार्यक्रममा सहभागि हुन खासै मन पर्थेन , अहिले तालिम लिएपछि , आफूमा धेरै परिवर्तन आएको छ । अगाडि गएर बोल्न सक्ने मात्रै हैन ,जानेका कुरा अरुलाई सिकाउन सक्ने भएको छु ।’– एन्जल भुसाल ,कावासोती २
‘महिला हिंसाको विषयमा विद्यालयमा मैले आफूले समेत पाठ लिए, पहिला थाहा थिएन ,कार्यक्रममा सिकेकै भरमा मैले अरुलाई सिकाउन पाए, साँच्चै कार्यक्रमले मेरो जीवनमा परिर्वतन ल्याएको छ ।’ – इच्छा गुरुङ ,कावासोती ३
‘मैले म को हो र मेरो के क्षमता छ भन्ने पहिचान गर्न सके, पहिला माइक समात्दा हात कामेको सम्झन्छु, संस्थाबाट बिभिन्न तालिममा सहभागि भएपछि अहिले आफूले सोचेका कुरामा भन्न सक्छु , साँच्चै म धेरै खुसी छु ।’– पूर्णिमा चापागाईं ,कावासोती १२
‘ आफूमा केही समस्या परे त्यसको व्यवस्थापन गर्न सक्छु भन्ने भएको छ, विभिन्न कार्यक्रममा सहभागिता बढेको छ, साँच्चै म आफूमा धेरै परिवर्तन भएको महसुस गर्छु ।’– विमला नेपाली, कावासोती १२
‘म आफू सम्झन्छु ,म धेरै रिसाउँथे, अहिले यसको व्यवस्थापन मात्रै हैन सहज रुपमा कार्यक्रम सञ्चालन गर्ने र अरुलाई सकारात्मक कुरा सिकाउन सक्षम भएको छु ।’– कृष्ण देवी माझी ,कावासोती ११
‘सामाजिक सञ्जाल चलाउने अवस्थामा साइबर क्रममा घटना हुन सक्छन्, त्यसबाट पीडित हुन सक्ने अवस्था हुन्छ, त्यस्तो परिस्थिति समेत परेको थियो । तर कार्यक्रमबाट यसका विषयमा जानकारी भएकाले त्यसको सहज व्यवस्थापन गर्न सक्यौ, म सबै किशोरीलाई भन्न चाहन्छु ,यि विषयमा हामी सचेत हुन आवश्यक छ।’ –सबनम सुनार ,कावासोती ६
‘मैले महिनावारी प्याड बनाउने तालिम लिएको थिए । यो विषयमा अरुलाई सिकाउन समेत पाए, यती मात्रै होइन अहिले बोल्ने विभिन्न फोरमा सहभागिता जनाउन गरेको छु, अवसर पाउने गरेको छु , अवसर पाउन थाल्दा खुसी लागेको छ ।’– दृष्टि गिरी कावासोती १४
यि केही प्रतिनिधि मूलक परिवर्तनका उदाहरण हुन् । यिनीहरू जस्तै जस्तै कार्यक्रममा सहभागि ३५ जना किशोरी साथी शिक्षकमा विविध परिर्वतन आएका छन् । बोल्ने कलाको विकास, कार्यक्रममा शसक्त सहभागिता ,आत्म रक्षा र आत्म सुरक्षा, साइबर सुरक्षाका ज्ञानले उनीहरूमा आत्मविश्वास बढाएको छ ।
जागृती बाल तथा युवा सरोकार नेपालले कन्नालनको सहयोगमा कावासोती नगरपालिकामा एक वर्ष देखि कार्यक्रम सञ्चालन गरिरहेको छ । किशोरी साथी शिक्षक तयार पारि विद्यालय देखि ग्रामीण स्तरमा उनीहरूले आफूले सिकेका सीप अन्य किशोरीमा बाड्न लागिरहेका छन् ।
कार्यक्रम मार्फत नगर भित्रका जनप्रतिनिधि देखि आम अभिभावकलाई समेत किशोरीका सवालमा गर्नुपर्ने कार्यका बारेमा छलफल गर्ने गरिएको छ । यसले समाजमा क्रमश सकारात्मक परिवर्तन देखिन थालेका छन् । समुदाय स्तरबाट किशोरीहरुलाई अगाडि बढाउन,उनिहरुको सशक्तिकरणका लागि समेत निरन्तर पहल आवश्यक रहेको छ । यसले भोलीका दिनमा किशोरीहरुलाई सक्षम बनाई समाज परिवर्तन लाग्न, हरेक क्षेत्रमा नेतृत्व लिँदै समग्र क्षेत्रको विकासमा भूमिका रहने छ ।
किशोरीमा सकारात्मक परिवर्तन ल्याउदै उनिहरुलाई हरेक क्षेत्रमा सशक्तीकरण गराउनु कार्यक्रमको लक्ष्य रहेको जागृती बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेले बताउनुभयो । सोही लक्ष्य अनुसार संस्थाबाट निरन्तर कार्यहरु संचालन गरिरहेको उहाँले बताउनुभयो ।
शनिबार मात्रै कार्यक्रमको वार्षिक समिक्षा कार्यक्रम कावासोतीमा भएको छ । संस्थाका अध्यक्ष तिलोत्तम पौडेल, कन्नलानका प्रतिनीधि दिपक प्रसाद बस्याल, जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा , किशोरी साथि शिक्षक लगायतको उपस्थितीमा समिक्षा कार्यक्रम भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |