२०८० मंसिर २४, आईतबार
चोरमारा । नवलपरासी पूर्व नवलपुरको हुप्सेकाट गाउँपालिकामा वन डढेलो नियन्त्रण सम्बन्धि नमुना अभ्यास तथा सचेतना कार्यक्रम गरिएको छ ।
डिभिजन वन कार्यालय नवलपुर र एन्साव नेपालको आयोजनामा हुप्सेकोट गाउँपालिका भित्रका मयुर पोखरी सामुदायिक वन, बिराट सामुदायिक वन, त्रिकोण सामुदायिक वन र थुम्कीदेवी सामुदायिक वन संगको सहकार्यमा नमुना अभ्यास गरिएको हो । नमुना अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी वल र हुप्सेकोट गाउँपालिकाको समेत सहभागिता रहेको थियो ।
सुख्खायाम शुरु भएसंगै लाग्ने वन डढेलो नियन्त्रण गर्दा अपनाउनु पर्ने सावधानि, वन डढेलो नियन्त्रण गर्ने औजारको प्रयोग र विधि लगायतको विषयमा नमुना अभ्यास गरिएको थियो । डिभिजन वन कार्यालय नवलपरासी पूर्वका डिभिजनल वन अधिकृत मोहनराज काफ्लेले वन डढेलो नियन्त्रणको विविध पक्षहरुको बारेमा कार्यक्रममा प्रकास पार्नु भएको थियो । उहाँले वन डढेलो लाग्नुको कारण, यसबाट हुने क्षति, वन डढेलो नियन्त्रणको क्रममा अपनाउनु पर्ने सजकता तथा वन डढेलो नियन्त्रणमा प्रयोग गरिने औजारको बारेमा बिस्तृत रुपमा जानकारी गराउनु भएको थियो ।
वन डढेलो नियन्त्रणमा समुदाय र उपभोक्ताहरुको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले सकेसम्म वन डढेलो लाग्न नदिने र लागेको अवस्थामा त्यसलाई निभाउन सबै उपभोक्ताहरुको क्रियाशिल हुनुपर्ने बताउनुभयो । सो क्रममा नमुना अभ्यास सहित अग्नी रेखा निर्माण समेत गरिएको थियो ।
-तिर्थराज डुम्रे
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |