२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपुर मदिरा तथा प्रोभिजन संघको प्रथम साधारण सभा शुक्रबार कावासोतीमा सम्पन्न भएको छ । मदिरा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष सोना सेर्पाको प्रमुख आतित्यथता तथा व्यवसायी संघ नवलपुरका अध्यक्ष रेशमलाल चापागाईंको अध्यक्षतामा प्रथम साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा मदिरा व्यवसायीका विभिन्न खालका समस्याहरु, चुनौती ,कठिनाईका विषयमा व्यवसायीहरुले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष सोनामा सेर्पाले मदिरा व्यवसायी प्रति राज्यले गलत रुपमा हेर्ने गरेको बताउनु भयो । विभिन्न नाममा दुख दिने गरेको बताउदै सबै व्यवसायी एक जुट भएर चुनौतीको सामाना गर्न लाग्नुपर्ने बताउनुभयो । राज्यले मदिरा व्यवसायीबाट करिब २६ प्रतिशत भन्दा धेरै राजश्व उठाउने गरेको भएपनि यस क्षेत्रलाई उपेक्षा र अन्याय गरेको गुनासो उहाँले गर्नुभयो ।
कार्यक्रममा मरिदा व्यवसायी महासंघका केन्द्रिय महासचिव तारानाथ ढुङ्गाना, प्रदेश अध्यक्ष डासिराम सापकोटा, यति बु्रअरीका रिजिनल सेल्स मेनेजर राजेन्द्र बोहोरा लगायतले आफ्नो धारणा राखेका थिए । उनिहरुले व्यवसायीक हितमा सबै मिलेर लाग्नुपर्ने बताएका थिए ।
कार्यक्रममा संघका नवलपुर सचिव प्रभात न्यौपानेले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने, कोषाध्यक्ष सरोज श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संघले स्थापना पछि जिल्लामा विभिन्न काम गरेको संघका नवलपुर अध्यक्ष रेशमलाल चापागाईंले जानकारी गराउनु भएको थियो । कोभिड महारीमा स्वास्थ्य सामाग्री सहयोग, रक्तदान कार्यक्रम लगायत विभिन्न खालका सामाजिक कार्यक्रम गरको जानकारी गराउनु भएको थियो । आगामी दिनमा समेत समाजिक उत्तरदायित्व वहन गर्दै कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
साधारणसभाको प्रमुख प्रायोजकका रुपमा यति बु्रअरी प्राली ,अर्ना वियर रहेको थियो । अन्य विभिन्न बु्रअरी तथा डिस्ट्रिव्युटरहरुले सहयोग गरेका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |