२०८१ श्रावण १२, शनिबार
कावासोती । स्थानीय तहको निर्वाचन नजिकिदै छ । बैशाख तीस गते निर्वाचनको मिति तोकिएको छ । अर्थात अबको ४९ दिन पछि स्थानीय तहको निर्वाचन हुने छ । निर्वाचन नजिकिदै गर्दा प्रमुख पदमा आफ्नो उम्मेदवारी पक्का गर्न आकांक्षीहरुको दौड तिव्र बन्दै गएको छ । नवलपुरको कुरा गर्दा विभिन्न स्थानीय तहमा आकांक्षीहरुको नाम चर्चामा आउन थालेको छ । कतिपयले त सामाजिक संजालबाट आफ्नो उम्मेदवारी रहने घोषणानै गरेका छन् । कावासोतीमा मेयरका आकांक्षीहरुले आन्तरीक तयारी तिब्र बनाएका छन् । तर उनिहरुले सार्वजनिक रुपमा उम्मेदवारीको घोषणा भने गरेका छैनन् । केहि दिन अघि मात्रै पार्टीले सार्वजनिक रुपमा आफु खुसी उम्मेदवारी घोषणा नगर्न निर्देशन नै दिएको छ ।
तर पनि चिया पसल ,चोक चौराहामा विभिन्न पात्रहरुको चर्चा भने शुरु भइसकेको छ । उम्मेदवारको आकांक्षीहरुले नेता ,कार्यकर्तासँगको भेटघाट तिव्र बनाएका छन् । कावासोतीमा एमालेबाट मेयरका उम्मेदवार भनि आधा दर्जनको नाम सुनिन थालेको छ । तर उप मेयरमा को भन्ने चर्चा भने न्यून रहेको छ ।
कावासोतीमा मेयरका लागि चर्चामा रहने मध्यका एक हुन हालका उप प्रमुख पे्रमशंकर मर्दनिया थारु । उनी आफै सार्वजनिक रुपमा मेयरको उम्मेदवार नभने पनि उप मेयरको रुपमा काम गरेकाले अप कमिङ्ग मेयरका रुपमा चर्चा शुरु गरिएको छ । पाँच वर्षको उप मेयर पदको जिम्मेवारी समालेको अनुभवलाई लिएर मेयर लड्ने उनको चाहाना भएको सुनिन थालेको छ । एमालेमा जिल्ला कमिटि सदस्यको भूमिकामा रहेर समेत उनले काम गरि रहेका छन् ।
यसै गरि विष्णु प्रसाद भुषालको नाम समेत चर्चामा रहेको छ । विगतमा कावासोती खानेपानी तथा सरसफाई संस्थाको नेतृत्व गरेको अनुभव उनिसँग रहेको छ । पार्टीमा हाल सम्म योगदान दिएको र खानेपानी संस्थालाई उत्कृष्ठ बनाउदै स्थापित बनाउन सफल भएकाले भुषाल मेयरका बलियो दाबेदार मध्यका एक रहेको चर्चा चल्न थालेको छ । भुषालले समेत आफैले सार्वजनिक रुपमा आफु मेयरको दाबेदार भनेर बोली सकेको अवस्था भने छैन् । एमाले गण्डकी प्रदेश सदस्य समेत रहेका भुषालले पार्टीका कार्यक्रममा सहभागिता जनाउदै आफुलाई उम्मेदवारको रुपमा तयार पारिरहेका छन् ।
कावासोती नगरपालिकाको आगामी निर्वाचनमा मेयरको चर्चा चल्ने अर्का व्यक्ती भोजराज दाहाल रहेका छन् । जिल्ला कमिटि सदस्यको भूमिकामा रहेका दाहालको चर्चा समेत एका एक बढ्दै गएको छ । शैक्षिक व्यत्तित्वका रुपमा परिचित दाहालले नगरको शिक्षा सुधार र छात्रवृती प्रदान गरि गरिब विपन्न परिवार पढाईबाट बन्चित नहुन भनि हरेक सामुदायिक विद्यालयमा अक्षय कोष स्थापना गरि शिक्षाको विकासमा लाग्नु भएको छ । सार्वजनिक रुपमा केही नबोले पनि नेता तथा कार्यकर्तासँगको भेटघाट , आन्तरीक तयारी र प्रतिक्रिया लिने काममा दाहाल लागिरहेका छन् ।
मेयरमा उद्योग बाणिज्य संघ नवलपुरका अध्यक्ष डासुराज पोखे्रलको नाम समेत चर्चामा रहेको छ । एमाले जिल्ला कमिटि सदस्यको भूमिकामा रहेका पोखे्रलसंग उद्योगी ,व्यवसायी आवद्ध संस्थामा काम अनुभव छ । मध्यविन्दु जिल्ला अस्पताल ,व्यवस्थापन समितिमा रहि काम गरेको अनुभव समेत बटुलेका पोखे्रलले समेत सार्वजनिक अभिव्यक्ति मेयरका रुपमा दिएका छैनन् । तर आन्तरीक तयारीमा भने लागेका छन् । एमाले जिल्ला लेखा आयोगका उपाध्यक्ष, राष्ट्रिय उद्योग व्यापार व्यवसाय महासंघका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश उप सचिव समेत रहेका पोखे्रल पार्टीका गतिविधिमा समेत लागि रहेका छन् ।
कावासोतीकै मेयरका लागि अन्य केही व्यक्तीको नाम समेत सुनिन थालेको छ । मोहदत्त अधिकारी लगायतले समेत आफ्नो पार्टी नजिकका सर्लकलमा आफ्नो आकांक्षा प्रस्तुत गर्ने गरेको बताइएको छ ।
यि बाहेक महिला उम्मेदवार समेत केही रहने छन् । तर महिला उम्मेदवारको नाम खुलेरै चर्चामा भने अझै आउन सकेको छैन् ।
एमाले केन्द्रले बिहिबार मात्रै ६ बुँदे मापदण्ड सहित चैत मसान्त भित्र आ आफ्नो कमिटिबाट कम्तीमा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्न मातहतको कमिटिलाई निर्देशन दिएको छ । यसको आधारमा चर्चामा जतिको नाम रहेपनि उम्मेदवारी दिने ११ दिन पूर्वनै सम्भावीत उम्मेदवारको नाम सिफारीस हुने निश्चित जस्तै रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |