२०८० मंसिर २५, सोमबार
कावासोती । कावासोती नगरपालिकाले स्थानीय पठ्यक्रम आधारभूत तह तयार पारेको छ ।
विज्ञ समुहद्धारा तयार पारिएको स्थानीय पाठ्यक्रमको ढाँचाको प्रस्तुतीकरण र छलफल कार्यक्रम बिहीबार नगरपालिकाको सभाहलमा भएको छ । स्थानीय पाठ्यक्रमको नाम मेरो कावासोती – मेरो गौरब राखिएको छ ।
विज्ञ टोली र नगरका सरोकारवालाहरुको सहभागितामा भएको छलफल कार्यक्रममा कावासोती शिक्षा शाखा अधिकृत राजन पाण्डेले तयार पारिएको स्थानीय पाठ्यक्रमको ढाँचा प्रस्तुतीकरण गर्दै पाठ्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेर पाठ्यक्रम तयार पारेको जानकारी दिनुभयो । कक्षा एकदेखि कक्षा ८ सम्मका लागि तयार पारिएको स्थानीय पाठ्यक्रममा विषेश गरेर सात वटा विषय क्षेत्र ( थिम ) समेटिएको छ । जसमा हाम्रो कावासोती , हाम्रो वातावरण , हाम्रा सम्पदा, स्थानीय पेशा व्यवसाय र आर्थिक कृयाकलाप , सामाजिक संस्थाहरु , हाम्रा आनिबानी तथा स्वास्थ्य र प्राकृतिक प्रकोप र जोखिम व्यवस्थापन भन्ने रहेको छ । यी सात वटा विषय क्षेत्रभित्र रहेर पाठ्यक्रम तयार पारिएको छ । जसमा कक्षा एकदेखि आठसम्म सरलदेखि जटिल गरेर विषयवस्तुलाई समेटिएको पाण्डेले जानकारी दिनुभयो ।
पाठ्यक्रममा विषेश गरेर नगरभित्र रहेका अल्पसंख्यक समुदायका संस्कार , संस्कृती पोलोन्मुख चरणमा रहेकालाई प्राथकितामा राखिएको पाण्डेले बताउनुभयो । यस्तै नगरभित्र पाईने वनस्पती , जीवजन्तु , चराचुरुङ्गीका बारेमा जानकारी , कावासोती नगरपालिका र वडाका बारेमा समग्र जानकारी संगै काम कर्तव्य र अधिकार लगायतका विषयवस्तु समेत समेटिएको पाण्डेले बताउनुभयो । यस्तै स्थानीय कला, संस्कृती , खेलकूल , व्यवसाय के कस्ता छन ? भन्नेबारेमा समेत पाठ्यक्रममा समेटिएको छ । विद्यार्थीरुलाई सैद्धान्तिक ज्ञान मात्रै होईन् व्यवहारी ज्ञान प्रदान गर्ने निश्चित केही सीपहरु अनिवार्य रुपमा सिकाउने गरेर पाठ्यक्रमका विषयवस्तु तय गरिएको उहाँले जानकारी दिनुभयो । नगरभित्र आउने मुख्य प्रकोप केकस्ता छन ? त्यसका बारेमा जानकारी संगै प्रकोपबाट बच्ने उपाय लगायत विषयवस्तु पनि समेटिएको छ । समग्रमा कावासोती नगरपालिकाको बारेमा सबै क्षेत्रको ज्ञान प्राप्त गर्ने र व्यवहारि सीप तथा व्यवहारिक ज्ञान प्रदान गर्ने गरि पाठ्यक्रम तयार पारिएको उहँँले बताउनुभयो ।
छलफल कार्यक्रममा सहभागि सरोकारवालाहरुले केही सुझाव समेत राख्नुभएको थियो । जुममा व्याकरण सच्चाउनुपर्ने , सकेसम्म नेपाली शब्दहरु नै प्रयोग गर्नुपर्ने , कुनै निश्चित सीप सिक्ने नभई त्यसको दायरा बढाउनुपर्ने , साना कक्षाका बालबालिकाका लागि बनाईएको विषय केही साँघुरो देखिएकाले तयसलाई अलि फराकिलो बनाउनुपर्ने जस्तै कक्षा एकमा विपदको बारेमा जानकारी दिने मात्रै उल्लेख छ । तर , विपदबाट जोगिने कुरा समेत जानकारी गराउनुपर्ने , विभिन्न संघसंस्थाका नम्बरहरु साना कक्षाका बाबुनानीहरुलाई समेत कन्ठ पार्ने गराउन , प्रहरी कार्याालय , एम्बुलेन्स , दमकल जस्ता अत्यावश्यकीय नम्बरका बारेमा समेत जानकारी गराउनुपर्ने लगायतका सुझाव दिनुभएको छ ।
तयार पारिएको पाठ्यक्रमलाई कावासोती नगरपालिकाले स्थानीय पठ्यक्रम आधारभूत तह तयार पारेको छ ।
विज्ञ समुहद्धारा तयार पारिएको स्थानीय पाठ्यक्रमको ढाँचाको प्रस्तुतीकरण र छलफल कार्यक्रम बिहीबार नगरपालिकाको सभाहलमा भएको छ । स्थानीय पाठ्यक्रमको नाम मेरो कावासोती – मेरो गौरव राखिएको छ ।
विज्ञ टोली र नगरका सरोकारवालाहरूको सहभागितामा भएको छलफल कार्यक्रममा कावासोती शिक्षा शाखा अधिकृत राजन पाण्डेले तयार पारिएको स्थानीय पाठ्यक्रमको ढाँचा प्रस्तुतीकरण गर्दै पाठ्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेर पाठ्यक्रम तयार पारेको जानकारी दिनुभयो । कक्षा एकदेखि कक्षा ८ सम्मका लागि तयार पारिएको स्थानीय पाठ्यक्रममा विषेश गरेर सात वटा विषय क्षेत्र ( थिमी ) समेटिएको छ । जसमा हाम्रो कावासोती , हाम्रो वातावरण , हाम्रा सम्पदा, स्थानीय पेशा व्यवसाय र आर्थिक कृयाकलाप , सामाजिक संस्थाहरू , हाम्रा आनिबानी तथा स्वास्थ्य र प्राकृतिक प्रकोप र जोखिम व्यवस्थापन भन्ने रहेको छ । यी सात वटा विषय क्षेत्रभित्र रहेर पाठ्यक्रम तयार पारिएको छ । जसमा कक्षा एकदेखि आठसम्म सरलदेखि जटिल गरेर विषयवस्तुलाई समेटिएको पाण्डेले जानकारी दिनुभयो ।
पाठ्यक्रममा विषेश गरेर नगरभित्र रहेका अल्पसंख्यक समुदायका संस्कार , संस्कृति लोपोन्मुख चरणमा रहेकालाई प्राथकितामा राखिएको पाण्डेले बताउनुभयो । यस्तै नगरभित्र पाइने वनस्पति , जीवजन्तु , चराचुरुङ्गीका बारेमा जानकारी , कावासोती नगरपालिका र वडाका बारेमा समग्र जानकारी संगै काम कर्तव्य र अधिकार लगायतका विषयवस्तु समेत समेटिएको पाण्डेले बताउनुभयो । यस्तै स्थानीय कला, संस्कृती , खेलकूल , व्यवसाय के कस्ता छन ? भन्नेबारेमा समेत पाठ्यक्रममा समेटिएको छ । विद्यार्थीरुलाई सैद्धान्तिक ज्ञान मात्रै होईन् व्यवहारी ज्ञान प्रदान गर्ने निश्चित केही सीपहरु अनिवार्य रुपमा सिकाउने गरेर पाठ्यक्रमका विषयवस्तु तय गरिएको उहाँले जानकारी दिनुभयो । नगरभित्र आउने मुख्य प्रकोप केकस्ता छन ? त्यसका बारेमा जानकारी संगै प्रकोपबाट बच्ने उपाय लगायत विषयवस्तु पनि समेटिएको छ । समग्रमा कावासोती नगरपालिकाको बारेमा सबै क्षेत्रको ज्ञान प्राप्त गर्ने र व्यवहारि सीप तथा व्यवहारिक ज्ञान प्रदान गर्ने गरि पाठ्यक्रम तयार पारिएको उहँँले बताउनुभयो ।पो
छलफल कार्यक्रममा सहभागि सरोकारवालाहरुले केही सुझाव समेत राख्नुभएको थियो । जुममा व्याकरण सच्चाउनुपर्ने , सकेसम्म नेपाली शब्दहरु नै प्रयोग गर्नुपर्ने , कुनै निश्चित सीप सिक्ने नभई त्यसको दायरा बढाउनुपर्ने , साना कक्षाका बालबालिकाका लागि बनाईएको विषय केही साँघुरो देखिएकाले तयसलाई अलि फराकिलो बनाउनुपर्ने जस्तै कक्षा एकमा विपदको बारेमा जानकारी दिने मात्रै उल्लेख छ । तर , विपदबाट जोगिने कुरा समेत जानकारी गराउनुपर्ने , विभिन्न संघसंस्थाका नम्बरहरु साना कक्षाका बाबुनानीहरुलाई समेत कन्ठ पार्ने गराउन , प्रहरी कार्याालय , एम्बुलेन्स , दमकल जस्ता अत्यावश्यकीय नम्बरका बारेमा समेत जानकारी गराउनुपर्ने लगायतका सुझाव दिनुभएको छ ।
तयार पारिएको पाठ्यक्रमलाई बिहीबारको छलफलमा आएका सुझावका आधारमा सच्चाएर अन्तिमीकण गर्ने र कार्यपालिकामा पेश गर्ने , कार्यपालिकाले पास गरेपछि आगामि शैक्षिकशत्र देखि लागु गर्ने गरेर यहि चैत महिनाभित्र पाठ्यक्रम सार्वजनिक गरिने कावासोती शिक्षा शाखाका श्रोत व्यक्ति तिर्थ कंडेलले जानकारी दिनुभयो । पाठ्यक्रमको प्रधान संरक्षकमा नगर प्रमुख चन्द्र कुमारी पुन , संरक्षकमा नगर उपप्रमुख प्रेम शंकर मर्दनीया थारु रहनुभएको छ । यस्तै पाठ्यक्रम निर्माण गर्न पाठ्यक्रम विकास केन्द्रका युवराज अधिकारीको सहयोग रहेको छ । भने पाठ्यक्रम निर्माण तथा लेखन समितिमा संयोजक नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारी , सदस्यहरुमा प्रा.डा. विष्णुप्रसाद लम्साल , डा. धनपति कोईराला , नरनाथ पाण्डे , दीपकनाथ घिमिरे , करुण लम्साल , जगतप्रसाद भट्टराई, ईनरप्रसाद महतो , तिर्थराज कंडेल र सदस्य सचिवमा शिक्षा अधिकृत राजन पाण्डे रहनुभएको छ । यस्तै सल्लाहाकारमा प्रमुख प्रशासकिय अधिकृत राकेश गुरुङ , विष्णु प्रसाद भुषाल र अर्जुन पौडेल रहनुभएको छ ।
बिहीबारको छलफल कार्यक्रम नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीको अध्यक्षता तथा नगर प्रमुख चन्द्र कुमारी पुनको प्रमुख आतिथ्यतामा भएको थियो ।
बिहीबारको छलफलमा आएका सुझावका आधारमा सच्चाएर अन्तिमीकण गर्ने र कार्यपालिकामा पेश गर्ने , कार्यपालिकाले पास गरेपछि आगामि शैक्षिकशत्र देखि लागु गर्ने गरेर यहि चैत महिनाभित्र पाठ्यक्रम सार्वजनिक गरिने कावासोती शिक्षा शाखाका श्रोत व्यक्ति तिर्थ कंडेलले जानकारी दिनुभयो । पाठ्यक्रमको प्रधान संरक्षकमा नगर प्रमुख चन्द्र कुमारी पुन , संरक्षकमा नगर उपप्रमुख प्रेम शंकर मर्दनीया थारु रहनुभएको छ । यस्तै पाठ्यक्रम निर्माण गर्न पाठ्यक्रम विकास केन्द्रका युवराज अधिकारीको सहयोग रहेको छ । भने पाठ्यक्रम निर्माण तथा लेखन समितिमा संयोजक नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारी , सदस्यहरुमा प्रा.डा. विष्णुप्रसाद लम्साल , डा. धनपति कोईराला , नरनाथ पाण्डे , दीपकनाथ घिमिरे , करुण लम्साल , जगतप्रसाद भट्टराई, ईनरप्रसाद महतो , तिर्थराज कंडेल र सदस्य सचिवमा शिक्षा अधिकृत राजन पाण्डे रहनुभएको छ । यस्तै सल्लाहाकारमा प्रमुख प्रशासकिय अधिकृत राकेश गुरुङ , विष्णु प्रसाद भुषाल र अर्जुन पौडेल रहनुभएको छ ।
बिहीबारको छलफल कार्यक्रम नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीको अध्यक्षता तथा नगर प्रमुख चन्द्र कुमारी पुनको प्रमुख आतिथ्यतामा भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |