२०८१ श्रावण १२, शनिबार
कावासोती । स्थानीय तहको निर्वाचन आउदो वैशाख ३० गतेका लागि तोकिएको छ । यस अनुसार अब निर्वाचन आउन ५० दिन बाँकी रहेको छ । आगामी जेठको दोश्रो साता सम्म नयाँ निर्वाचीत जनप्रतिनिधिले पालिकाको बागडोर सम्माल्ने छन् । निर्वाचन नजिकिँदै जाँदा दलहरूको चुनाव लक्षित गतिविधि गाउँ गाउँ ,टोल टोल पुगी सकेको छ । साथै दलहरूले गत निर्वाचनको मत परिणामको लेखाजोखा समेत गर्न थालेका छन् । हुप्सेकोटमा गत स्थानीय तहको निर्वाचनमा अध्यक्ष काङ्ग्रेस र उपाध्यक्ष एमालेले जितेको थियो ।
अध्यक्षका उम्मेदवार लक्ष्मीदेवी पाण्डेले २ सय ३४ मत अन्तरले एमालेका उम्मेदवार मेक बहादुर पुलामीलाई पराजित गर्नुभएको थियो । पाण्डेले ४ हजार ५९२ मत प्राप्त गर्दा पुलामीले ४ हजार ३५८ मत प्राप्त गर्नुभएको थियो । तेस्रो स्थानमा माओवादी रहेको थियो । माओवादीका उम्मेदवार चन्द्र बहादुर थापाले ६०३ मत प्राप्त गर्नुभएको थियो । हुप्सेकोटमा अघिल्लो निर्वाचनमा अध्यक्ष पदमा पाँच जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए ।
उपाध्यक्षमा भने एमालेका उम्मेदवार स्वतन्त्र कोपिला मल्लले जित निकाल्नु भएको थियो । उहाँले ५५ मत अन्तरले कांग्रेसका उम्मेदवार ओम बहादुर घर्तीलाई पराजित गर्नु भएको थियो । उपाध्यक्षमा समेत माओवादीको मत तेस्रो स्थानमा रहेको थियो । उपाध्यक्षमा गत निर्वाचनमा ५ जना प्रतिस्पर्धामा रहेका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |