२०८१ श्रावण १२, शनिबार
कावासोती । नेपाल आदिवासीजनजाति महासङ्घको १० औं महाधिवेशन आज देखि कावासोतीमा शुरु हुदैँ छ। आज देखि शुरु हुने अभिवेशन भोली नयाँ नेतृत्व चयन गरि घोषणापत्र जारी गरि समापन हुने नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष जगत बरामले जानकारी दिनुभयो ।
‘पहिचान सहितको संघीयता र स्वायत्तताका लाग संविधान संशोधन हाम्रो आन्दोलन, आदिवासी अधिकारका लागि नवीन सामाजिक सहमतिको पक्षमा १० औँ महाधिवेशन ’ भन्ने नाराका साथ महाधिवेशन हुदै छ ।
महाधिवेशन स्वदेश, विदेश सहितबाट ४ सय २० जना प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता हुने अध्यक्ष बरामले बताउनुभयो । अधिवेशन कावासोतीको पानस बैंक्वटमा हुदै छ ।
महाधिवेशन तीन ÷ तीन वर्षमा हुने प्रावधान भएको भएपनि अहिले पाँच वर्षको अन्तरालमा हुन लागेको हो । कोभिड महामारीका कारण महाधिवेशन विद्यानमा तोकिएको भन्दा दुई वर्ष पछि हुन लागेको हो । अधिवेशनमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन हुने छ । यस विषयमा केही सहमति भइसकेको समेत जनाइएको छ । महाधिवेशनको उद्घाटन कार्यक्रम आज दिउसो १ बजेबाट शुरु हुनेछ । अधिवेशनको गृमन्त्रीले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।
अधिवेशनले नेपाल आदिवासीजनजातिको आन्दोलन र भावी कार्यदिशाको विषयमा छलफल गर्ने छ । यस्तै विद्यान संशोधनको समेत तयारी गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |