२०८० मंसिर २५, सोमबार
कावासोती । गत फागुन ३० गतेदेखि कावासोतीमा सुरु भएको चौथो मेयर कप फुटबल प्रतियोगितामा आईतबार भएको खेलमा कावासोती वडा न. एक विजयी भएको छ ।
कावासोती वडा न. एक र वडा न. ८ बीच भएको खेलमा शुन्यका बिरुद्ध दुई गोल अन्तरले एक न. वडा विजयी भएको डायमण्ड युथ सोसाईटीका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो ।
यस्तै सोमबारको दोश्रो खेल वडा न. ७ र ४ बिच हुने उहँँले जानकारी दिनुभयो ।
प्रतियोगितामा १७ वटा टिमको सहभागिता रहेको छ । चैत्र ११ गते कावासोती नगरपालिकाका जनप्रतिनीधि र कर्मचारीबीच मैत्रीपूर्ण खेल हुने समेत थनेतले जानकारी दिनुभयो । प्रतियोगिताको फाईनल खेल चैत्र १२ गते हुनेछ ।
कावासोती १२ स्थीत राजमन्दिर खेल मैदानमा प्रतियोगिता आयोजना भएको छ ।
कावासोती नगरपालिकाको आयोजना , डायमण्ड युथ सोसाईटीको सहआयोजना तथा कावासोती वडा न. १२ को समन्वयमा प्रतियोगिता आयोजना भएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |