२०८१ श्रावण १२, शनिबार
नवलपुर ।जिल्ला प्रहरी कार्यालय नवलरासी (पूर्व)ले म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नवलपुरमा म्यादी प्रहरीको भर्ना प्रकृया अगाडि बढाईएको हो।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने १ हजार ३० जना म्यादी प्रहरीको लागि भर्ना खुलाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रवक्ता डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनुभयो।
म्यादी प्रहरीका लागि १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरीकले निःशुल्क रूपमा दरखास्त बुझाउन सक्नेछन् । दरखास्त दिन आउँदा नेपाली नागरिकताको प्रतिलिपि र ४ थान पासपोर्ट साईजको फोटो लिएर आउन समेत गिरिले आग्रह गर्नुभयो।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |