२०८१ श्रावण १२, शनिबार
गैँडाकोट । नवलपुरको गैँडाकोटमा प्रविधिमैत्री साक्षरता अभियान सञ्चालन गरिएको छ । गैँडाकोट–२ र ७ मा आजदेखि प्रविधिमैत्री साक्षरता कक्षा सञ्चालन गरिएको हो ।
महिलालाई साक्षर गराउने उद्देश्यले सञ्चालन गरिएको प्रविधिमैत्री कक्षा तीन महिनासम्म सञ्चालन हुने बताइएको छ । गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको सहयोगमा गैँडाकोटस्थित मौलाकाली सामुदायिक सिकाइ केन्द्रले प्रविधिमैत्री कक्षा सञ्चालन गरेको हो ।
कार्यक्रममा गैँडाकोट–७ का वडाध्यक्ष चोलनाथ उपाध्यायले कार्यक्रमले महिलालाई साक्षर बन्न र समाजमा अगाडि बढ्न सहयोग गर्ने बताउनुभयो । वडामा थप प्रविधिमैत्री कक्षा सञ्चालनका लागि वडा कार्यालयले पनि सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ ।
मौलाकाली सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष कमल पराजुलीले महिलालाई सामाजिक, राजनीतिक र प्रविधिसहित सबै क्षेत्रमा अगाडि बढाउने उद्दश्यले कक्षा सञ्चालन गरिएको बताउनुभयो । उहाँले प्रविधिमैत्री साक्षरता कक्षामा सहभागी महिलाहरुलाई मन लगाएर सिक्न र सिकेका कुरालाई व्यवहारमा लागू गर्न पनि आग्रह गर्नुभयो ।
गैँडाकोट नगरपालिका शिक्षा शाखाका प्रमुख शिक्षा अधिकृत हेमचन्द्र पौडेलले प्रविधिमैत्री शिक्षाले दैनिक जीवनमा सहज हुने बताउनुभयो । नारायणी सामुदायिक वनका अध्यक्ष दीननाथ त्रिपाठीले शिक्षा जीवनको दियो भएकाले शिक्षाको महत्व बुझ्नुपर्ने बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |