२०८१ श्रावण १२, शनिबार
कावासोती । सोमबारदेखि कावासोतीमा सुरु भएको चौथो मेयर कप फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा कावासोती वडा न. ४ र वडा न. १५ विजयी भएको छ । पहिलो खेलमा वडा न. ९ सहभागि नभएपछि वाकओभरमा वडा न. ४ विजयी भएको हो ।
दोश्रो खेल वडा न. १५ र १७ बीच भएको थियो । वडा न. १५ ले एकका बिरुद्ध सात गोल अन्तरले विजयी भएको डायमण्ड युथ सोसाईटीका सचिव नैनाराम थनेतले जानकारी दिनुभयो ।
प्रतियोगितामा वडा न. १५ का जर्सी न ११ का प्रविण महतोले दुई , जर्सी न. ६ का जेतेन्द्र थापाले एक गोल , जर्सी न. ९ का बिवेक क्षेत्रीले दुई गोल , जर्सी न. १० का रुबेन मर्दनीयाले एक गोल र रुबेन महतोले एक गोल गर्नुभएको हो । यस्तै वडा न. १७ बाट बम बहादुर कुमालले एक गोल गर्नुभयो । मंगलबारको खेलमा म्यान अफ दि म्याच वडा न. १५ का जर्सी न. दुईका सुजन बोटे हुन सफल हुनुभएको छ ।
बुधबारको पहिलो खेल वडा ७ र ६ बीच दुई बजे र दोश्रो खेल वडा न. १४ र २ बीच चार बजे हुने जनाईएको छ ।
प्रतियोगितामा १७ वटा टिमको सहभागिता रहेको छ । चैत्र ११ गते कावासोती नगरपालिकाका जनप्रतिनीधि र कर्मचारीबीच मैत्रीपूर्ण खेल हुने समेत थनेतले जानकारी दिनुभयो । प्रतियोगिताको फाईनल खेल चैत्र १२ गते हुनेछ ।
कावासोती १२ स्थीत राजमन्दिर खेल मैदानमा प्रतियोगिता आयोजना भएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |