२०८१ श्रावण १२, शनिबार
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आइतबारबाट देशभर एकै साथ एक महिने चुनावी अभियान सुरु गर्दै छ ।
कांग्रेसले गत बुधबार ७७ जिल्लाका ७ सय ५३ वटै स्थानीय तहमा २९ फागुनदेखि २९ चैतसम्म गरी एक महिना स्थानीय तह निर्वाचन लक्षित विशेष अभियानको घोषणा गरेको थियो । कांग्रेसले अभियानलाई प्रभावकारी बनाउन भन्दै ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिसमेत खटाइसकेको छ । अभियानलाई कांग्रेसले ‘घरघर जाऔं कांग्रेस जिताऔं’ नारा दिएको छ ।
कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतले देशभर एकै साथ आइतबार १ बजे स्थानीय तह निर्वाचन विशेष अभियानको उद्घाटन हुने जानकारी दिए । अभियानको प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले शुभारम्भ गर्ने छन् ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन अभियानमार्फत कांग्रेसले जनताका हरेक प्रश्नको जवाफ दिने, गुनासा सुन्ने र आफ्ना कुरा सुनाउने जानकारी दिए ।
‘एकमहिने अभियान कांग्रेसले जनताले उठाएका प्रश्नको जवाफ दिन्छ, गुनासा सुन्छ र आफ्ना कुरा जनताका माझमा राख्छ,’ कांग्रेस महामन्त्री शर्माले भने ।
कांग्रेसले अभियानमार्फत ७५३ पालिकाका ६ हजार ७ सय ४३ वडाका हरेक घरमा अभियानमा खटिएका नेता कार्यकर्ता पुग्नेसमेत भनेको छ । निर्वाचन अभियानका लागि कांग्रेसले देशभर वडा समिति अन्तर्गत रहने गरी टोलसमितिसमेत धमाधम गठन गरिरहेको छ । ती समितिले वडा भित्र पर्ने टोल टोलमा आगामी स्थानीय तह निर्वाचनमा कांग्रेसलाई जिताउने गरी अभियान चलाउने कांग्रेस सचिव प्रेम केसीले जानकारी दिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |