२०८१ श्रावण १२, शनिबार
कावासोती । नेकपा एमाले समर्थित नेपाल निजामती कर्मचारी संगठन नवलपुरको प्रथम जिल्ला अधिबेशनले कमल प्रसाद पोख्रेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । संगठनको खुल्ला उपाध्यक्षमा अमृत ज्ञावली, महिला उपाध्यक्षमा रीता कुमारी रिजाल चयन गरेको छ ,त्यस्तै अधिबेशनले सचिवमा जीवन घिमिरे, सह सचिवमा गणेश प्रसाद कोइराला कोषाध्यक्षमा राजेन्द्र प्रसाद शर्मा रहेको १३ सदस्य जिल्ला कार्य समिति गठन गरेको छ ।
तदर्थ समितिका सदस्य तथा कार्यवाहाक अध्यक्ष कमल प्रसाद पोख्रेलको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय कमिटि सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज तिलक महतको प्रमुख आतिथ्यता तथा एमाले जिल्ला कमिटि अध्यक्ष मुक्तिराम पाण्डेको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।
उद्धाटन शत्रमा बोल्दै एमाले केन्द्रिय सदस्य महतले राष्ट्र सेवक कर्मचारीले राजनैतिक परीवर्तनमा महत्वपुर्ण भुमिका खेलेको भन्दै एमालेको समृद्ध नेपाल , सुखी नेपालीको नारालाई सफल बनाउन नेपाल निजामती कर्मचारी संगठनले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।
उद्धाटन शत्रमा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष धनश्याम सापकोटा एमाले जिल्ला प्रचार विभाग प्रमुख सागर पोख्रेल, जिल्ला सदस्य मदन गिरी, भेष बहादुर अधिकारी, राजेश सोनाम लगायतको उपस्थिती रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |