२०८१ श्रावण १२, शनिबार
अधिकारसँगै आफ्नो कर्तव्य र जिम्मेवारी बोधमा ह्रास आउन सक्ने हुनाले सो तर्फ बालबालिकाहरुले ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले बताएका छन् ।
जागृति बाल तथा युवा सरोकार नेपाल र कावासोती नगरपालिका वडा नं ३ को संयुक्त आयोजनामा आज सम्पन्न भएको वडास्तरीय बालक्लवका पदाधिकारीहरुलाई तालिम कार्यक्रममा बोल्ने जनप्रतिनिधी र अन्य सरोकारवालाहरुले सो बताएका हुन ।
कावासोती नगरपालिका वडा नं। ३ का कार्यबाहक वडाअध्यक्ष ऋषिराम बस्ताकोटीले बालबालिकाहरुको अधिकार संरक्षण र सम्बद्र्धनमा नगर र वडाले बालमैत्री स्थानीय शासनको लागि पहल गरीराखेको र त्यसको प्रबद्र्धनको लागि बालबालिका लक्षित विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गरिराखेको बताउनुभयो ।
उहाँले बालबालिकाहरुले पनि आफ्ना हक अधिकार प्राप्ती सँगै जिम्मेवारी र कर्तव्यमा समेत ध्यान दिनुपर्ने र तालिमहरुबाट सिकेका विषयहरु सही रुपमा कार्यान्वयनको लागि अनुरोध गर्नुभयो ।
किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत कावासोती नगरका सवै वडामा गठन भएका वडास्तरीय बालक्लव सञ्जालका पदाधिकारीहरु र अन्य बालबालिकाहरुको क्षमता अभिबृद्धीको लागि तालिमहरु सञ्चालन गरिराखेको आयोजक संस्थाका राधादेवी बोटेले बताउनुभयो ।
तालिममा बालअधिकारको ऐतिहासिक पृष्ठभुमी, नेपालको संविधानमा बालअधिकार र यसको अवस्था, किशोरकिशोरीका सवालहरु, बालमैत्री स्थानीय शासनको बारेमा सेसन सञ्चालन गरिएको सहजकर्ता आशा वि।क।ले बताउनुभयो ।
तालिममा सहभागीहरुले यसरी बेला बेलामा तालिमहरु सञ्चालन गर्ने हो भने बालबालिकाहरुले नयाँ विषय सँगै बालमैत्री अभियान र किशोरी मैत्री बाताबरणको लागि सहयोग पुग्ने हुनाले नियमित रुपमा सञ्चालनको लागि अनुरोध गर्नुभयो ।
तालिममा वडास्तरीय बालसञ्जालका पदाधिकारीहरु र अन्य विभिन्न टोल र विद्यालयमा रहेका बालक्लवका प्रतिनिधीहरु गरी ४५ जनाको सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |