२०८० मंसिर २५, सोमबार
कावासोती । मध्यविन्दु बहुमुखी क्याम्पसको १६ औं वार्षिकोत्सवको अवसरमा अन्तर विद्यालय खुला मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । मध्यविन्दु बहुमुखी क्याम्पस पूर्व विद्यार्थी समाज नवलपुरको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा नेपाल मावि देवचुलीका रसिक गौतम प्रथम भएका छन् । प्रतियोगितामा नवलपुर एकेडेमी डण्डाका एन्जोलिना गिरी द्वितीय , भिमसेन आदर्श मावि देवचुलीका ओमन विक तृतीय र जनज्योति मावि प्रगतिनगरका पुजा पराजुली सान्त्वना भएका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार द्धितियलाई ४ हजार १०५, तृतीयलाई ३,१०५ र सान्तवनालाई २ हजार १०५ तथा प्रमाणपत्र प्रदान गरिने छ । पुरस्कार फागुन २३ गते क्याम्पसको वार्षिकोत्सव समारोहमा वितरण गरिने मध्यविन्दु बहुमुखी क्याम्पस पूर्व विद्यार्थी समाजका अध्यक्ष भेषराज गाहाले बताउनुभयो । प्रतियोगितामा नवलपुर जिल्लाका सामुदायिक तथा संस्थागत गरि १७ वटा विद्यालयको सहभागिता रहेको उहाँले बताउनुभयो । ‘शैक्षिक क्षेत्र सुधारका लागि युवा नेतृत्वको भूमिका ’ भन्ने विषयमा वक्तृत्वकला गरिएको थियो ।
कार्यक्रम मध्यविन्दु बहुमुखी क्याम्पस पूर्व विद्यार्थी समाजका अध्यक्ष भेषराज गाहाको अध्यक्षता क्याम्पस प्रमुख एवं संस्थाका संरक्षक मुक्तिराम पाण्डेको प्रमुख आतित्थ्यतामा भएको थियो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख गणेशमान गिरी , डा। विष्णु प्रसाद लम्साल, पब्लिक क्याम्पस प्राध्यापक संघ मध्यविन्दु बहुमुखी क्याम्पसका सभापति लिला बल्लभ डुम्रे, त्रिवि कर्मचारी संघ मध्यविन्दु बहुमुखी क्याम्पसका अध्यक्ष नारायण चालिसे, रोटरी क्लब अफ कावासोतीका अध्यक्ष जीवन सापकोटा, रोटरी क्लब अफ कावासोतीका संस्थापक अध्यक्ष भरत पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |