२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ । हिंसा पीडित तथा प्रभावित व्यक्तिहरूलाई स्वास्थ्य उपचार लगायत अन्य आवश्यक सेवाहरू एकद्वार प्रणालीबाट प्रदान गर्नका लागि केन्द्रको स्थापना गरिएको हो । केन्द्र स्थापना गरि सेवा प्रदान गर्दा लैङ्गिक हिंसा नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो ।
एकद्वार संकट व्यवस्थापन केन्द्रबाट लैङ्गिक हिंसा पीडित एकल महिला, अपांगता भएका महिला ,बालबालिका , ज्येष्ठ नागरिक महिलाले सेवा पाउने सूचना अधिकारी सुवेदीले बताउनुभयो । यसैगरी लैङ्गिक हिंसाको जोखिममा रहेका वेवारिसे एवं शारीरिक तथा मानसिक रूपले अशक्त महिला तथा बालबालिका, मानव बेचविखन तथा ओसारपसारमा परि हिंसामा परेका महिला तथा बालबालिकालाई समेत सेवा प्रदान गरिने उहाँले बताउनुभयो ।
एकद्वार संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य उपचार, चिकित्साजन्य प्रमाण संकलन, परिक्षण एवं संरक्षण, मानसिक स्वास्थ्योपचार एवम् मनोसामाजिक परामर्श ,सुरक्षा, आश्रय, कानुनी उपचार र जीविकोपार्जन तथा पुनर्स्थापना गराउन खालेका सेवाहरू बहुपक्षीय संयोजनद्वारा प्रदान गरिने सूचना अधिकारी सुवेदीले बताउनुभयो । हिंसामा परेका व्यक्तिले उपचार देखि न्यायमा पाउनका लागि विभिन्न कार्यालय चहार्दै हिड्नुपर्ने अवस्था रहेको छ । साथै सुरक्षाको चुनौती समेत रहेको हुँदा यी सबै कार्य एकै स्थानबाट व्यवस्थापन गर्नका लागि केन्द्रको स्थापना गरिएको उहाँले बताउनुभयो । ‘एउटा पीडित व्यक्ति कहिले वकिल खोज्दै हिँड्नुपर्ने , कहिले प्रहरीकहाँ पुग्नुपर्ने , केही उपचार वा परिक्षण गर्नुपरे अस्पताल जानुपर्ने ,यसरी धेरै ठाउँमा जानुपर्ने समस्या छ’ सूचना अधिकारी सुवेदीले भन्नुभयो– यसैत पीडित छ झनै झनै पीडा खेप्नुपर्ने त्यसैले ,सबै कुराको लागि एकैठाउँबाट व्यवस्थापन गर्ने उद्देश्यले एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरिएको हो ।
शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले ,प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे लगायतको उपस्थितमा एकद्वार संकट व्यवस्थापन केन्द्रको स्थापना गरिएको हो । केन्द्रको स्थापना गर्दै जिल्ला समन्वय समितिका प्रमुख चेसराम आलेले पीडितलाई समयमै आवश्यक सेवा प्रदान गर्न एकद्वार संकट व्यवस्थापन केन्द्रले सहयोग पुग्ने बताउनुभयो । उहाँले यसको उचित व्यवस्थापन र प्रभावकारिताका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।
लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना सँगै अभिमुखीकरण कार्यक्रम समेत गरिएको थियो । लैङ्गिक हिंसा व्यवस्थापन समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको अध्यक्षता, सल्लाहकार समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका अध्यक्ष चेसराम आलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मध्यविन्दु नगरपालिका उप प्रमुख ओम कुमारी महतो, विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष मिना कुमारी राना, बुलिङटार गाउँपालिका उपाध्यक्ष मैना विक, शिक्षा विकास तथा समन्वय इकाई नवलपुर प्रमुख कृष्णचन्द्र पोखरेल, स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईं ,अस्पतालका मेसु डा. वीर बहादुर थापा लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |