२०८० मंसिर १४, बिहिबार
प्रिय धन ।चोरमारा ।कालिकोटे सामुदायिक वन उपभोक्ता समूह मध्यविन्दु १५ को ८ औ वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । माथिल्लो भिउराहन स्थित आफ्नै भवनको प्रांगणमा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा समूहका अध्यक्ष नेत्र प्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि रहनुभएका डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहन राज काफ्लेले सामुदायिक वनहरु बनको नियम अनुसार नै चल्नुपर्ने बताउनुभयो । सामाजिक विकास अन्तर्गत वनहरुले भावनात्मक संवेगमा आई नियम विपरीत पनि खर्च गरेको पाईएको उदाहरण सुनानुभयो । उहाँले सार्वजनिक खरिद ऐन अनुसार चल्न नसके समितिका पदाधिकारीहरु ऐन अनुसारको कारवाहीमा पर्ने भन्दै विधानमा टेकेर मात्र विकासात्मक कार्यमा आर्थिक कारोबार गर्न सुझाउनुभयो । यस्तै सव डिभिजन बन कार्यालय भागराका सहायक वन अधिकृत सागर चन्द्र ढूंगानाले कालिकोटे सामुदायिक वन समूहले विकासका विभिन्न पाटोमा सहयोग गरेको र आगामी दिनमा थप प्रभावकारी कार्ययोजना ल्याउन सुझाव दिनुभयो । कार्यक्रममा मध्यविन्दु १५ की वडा सदस्य कृष्ण कुमारी पाण्डेले सामुदायिक बनले मानवलाई अक्सीजन र समाजलाई बिकास दिएको बताउनुभयो । यस्तै समाजसेवीहरु डोलराज विक, दान कुमारी पाण्डे , मैया पाण्डे , मोहनलाल कंडेल , अरुणखोला संरक्षण समितिका अध्यक्ष बाबुराम पाण्डे , हरिहर आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद देवकोटा लगायातले शुभकामना तथा वन समूहलाई सुझाव दिनुभएको थियो । कार्यक्रममा लेखा समिति संयोजक जय प्रकाश पाठकले आर्थिक वर्ष २०७७/७८ को आम्दानी खर्च तथा चालु आर्थिक बर्षको १ करोड ७२ लाख ११ हजार ६४० रुपैयाँ ८४ पैसा बराबरको अनुमानित आम्दानी तथा अनुमानित खर्च प्रस्तुत गर्नुभएको थियो । साथै कार्यक्रममा उपभोक्ताका परिवारका ७० बर्ष माथिका पारिवारिक सदस्यलाई सम्मान समेत गरिएको थियो ।
यस्तै कार्यक्रममा उपभोक्ताका जिज्ञासाको जवाफ दिंदै अध्यक्ष नेत्रप्रसाद अधिकारीले विगत २ बर्षदेखि कोभीडले समेत असर पारेको र सामुदायिक वन नियमावली खारेज भएकाले काठ बिक्रीमा समस्या हुँदा कतिपय योजना सफल हुन नसकेको भन्दै चालु आर्थिक वर्षका नीति तथा कार्यक्रम र योजनालाई समेत प्रस्ताव गर्दै पारित गर्नुभएको छ । कार्यक्रम कालिकोटे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नेत्रप्रसाद अधिकारीको अध्यक्षता तथा डिभिजन बन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्लेको प्रमुख अतिथ्यतामा समापन्न भएको हो । समूहका उपाध्यक्ष कृष्ण प्रसाद बिकको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव दिलमाया कुमालले गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |