२०८१ श्रावण १२, शनिबार
सुनसरी — सुनसरीको धरान(१८ बुद्धचोकस्थित एक होटलको कोठामा अधबैंसे महिलाको शव फेला परेको छ । न्यू कान्तिपूर होटल एन्ड गेस्ट हाउसको कोठामा महिलाको शव फेला परेको हो । मंगलबार ९आज० बिहान कोठा सफा गर्न गएका बेला होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
होटल सञ्चालक सुशील जिमीका अनुसार दुई दिनदेखि ती महिलासँगै एक जना पुरुष होटलको १०९ नम्बरको कोठा बुक गरेर बसेका थिए । बिहान सरसफाइ गर्ने क्रममा ढोकाको चुकुल नलगाएको देखेर कोठमा छिरेका कर्मचारीहरूले बेडमा सुतेकै अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सोमबार बेलुकासम्म महिलासँगै एक पुरुष पनि सँगै बसे पनि बिहान भने ती पुरुष थिएनन् । फरार रहेका ती पुरुष र मृतक महिलाबीचको सम्बन्ध खुल्न सकेको छैन ।
धरानस्थित ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार महिलाको सनाखत हुन सकेको छैन ।
उनले भने, ‘मृतक महिलाको शवको सनाखत हुन नसके पनि उनको साथबाट पाँचथरको मिक्लाजुङ ठेगाना रहेको सुमित्रा तामाङ नामको एक नागरिकता भने फेला परेको छ । प्रहरीले फरार पुरुषको खोजी र अनुसन्धान गरिरहेको छ ।’ प्रहरी नायव उपरीक्षक कुँवरले शवको सनाखत गर्न परिवार तथा आफन्तजनको खोजी भइरहेको र मृतक महिलाका आफन्तजन आएपछि मात्र शव हेर्ने, घटना प्रकृति मुचुल्का गरिने उनले बताए । महिलाको अनुहारमा चोटसमेत देखिएकाले हत्या हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |