२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपुरको कावासोती नगरपालिकाले कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिको परिवारलाई आर्थिक सहायता गर्ने भएको छ । कावासोती नगरपालिका भित्र स्थाई घर ठेगाना भई कोभिड १९ का कारणले मृत्यु भएका व्यक्तिको परिवारलाई नगरपालिकाले रु.५० हजार सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङले बताउनुभयो ।
नगरपालिकाले कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउनका लागि आइतबार सूचना प्रकाशन गर्दै फागुन २५ गते भित्र निवेदन दिन भनेको छ ।
नगरपालिकाको कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिको परिवारलाई आर्थिक सहयोग सम्बन्धी कार्यविधि ,२०७८ मा उल्लेखित शर्त अनुरूप कोभिड १९ को कारण संक्रमण भएको दुई महिना भित्र मृत्यु भएकाको परिवारले आवश्यक कागजात विवरण सहित निवेदन दिन भनिएको छ । कार्यविधि अनुरूपको निवेदनको ढाँचा नगरपालिकामा उपलब्ध हुने सूचनामा उल्लेख गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |