२०८१ श्रावण १२, शनिबार
कावासोती । नमुना मध्यवर्ती सामुदायिक वन उपभोक्त समुहको १२ औँ साधारण सभा आईतबार वनको कार्यालय परिषरमा भएको छ ।
लामिचौर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेलको प्रमुख आतिथ्यता तथा वनका अध्यक्ष खिल खिल बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम भएको थियो । कार्यक्रममा प्रगती प्रतिवेदन प्रस्तुत गर्दै वन समुहले सञ्चालन गरेका कार्यहरुको बारेमा जानकारी गराउनु भयो । डिभिजन वन कार्यालय नवलपरासीको सहयोगमा आप लिची , कागती र अम्बा गरेर पन्ध्र सय बिरुवा १३ वटा टोलमा वितरण गरेको , वनस्पती प्रजातीको बीरुवा वन क्षेत्रको टावर आसपासमा सरसफाई गरेर ३५० बिरुवा बृक्षरोपण गरेको , भुताहा ढाप बाँध मर्मत तथा सम्भार गरेको , मानव वन्यजन्तु द्धन्द्ध न्यीनीकरण गर्ने उदेश्यले विद्युतीय तारबार निर्माण निर्माण तथा मर्मत् गरेको जानकारी दिनुभयो । यस्तै जैविक पार्क तथा गोलघर निर्माण ( गण्डकी प्रदेश र डिभिजन वन कार्यालयको सहयोगमा ) , लोपोन्मुख गिद्ध संरक्ष्ँण कार्य , यस वन क्षेत्रमा स्वदेशी तथा विदेशी गरि ३०२ जना र करिडोर मार्फत् ४६८ जना पर्यटकहरुबाट जैवि विविधता अध्ययन अवलोकन गरिएको जानकारी दिनुभयो ।
यस्तै प्रस्तावित वार्षिक कार्ययोजना अन्तरगत वन क्षेत्रमा मानविय चाप कम गर्नका लागि वैकल्पीक उर्जाको व्यवस्था मिलाउने , आवश्यकता अनुसार वन क्षेत्र भित्र नयाँ पोखरी निर्माण गर्ने , भुताहा ढापको कल्भर्टबाट माथिल्ले भागको सिमसार क्षेत्रको सरसफाई ,मर्मत र व्यवस्थापन गरि निरन्तरता दिने , वन क्षेत्रको आवश्यक पर्ने सबै पर्यटकीय बाटो मर्मत् संभार र व्यवस्थापन गर्ने लगायतका कार्ययोजना तयार पारेको उहाँले जानकारी गराउनुभयो ।
यस्तै कोषाध्यक्ष धन बहादुर घलेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै २३ लाख ६१ हजार एक सय २२ रुपैँया बराबरको आयव्यय विवराण् प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि वासुदेव पौडेल , वडा नं १२ का अध्यक्ष खेम प्रसाद काफ्ले , चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारीका सहायक संरक्षण अधिकृत शान्त मगर , उपभोक्ताको तर्फबाट जनक माकिम मगरले मन्तव्य राख्नुभएको थियो । उहाँहरुले वनको संरक्षण र दिगो विकासमा जोड दिनुभएको थियो । वनको आयआर्जन बृद्धिका लागि होम स्टे सञ्चालन तथा जैविक पार्कमा सानो किसिमको चिडिया खाना स्थापना लगायतका काम गरेर टिकट सिस्टम लागु गर्न सके दिर्घकालीन आयश्रोत हुने धाराण राख्नुभयो । यस्तै वन क्षेत्रले आयश्रोतबाट वन क्षेत्र र विपन्न समुदायका लागि गर्नुपर्ने लगानीलाई आयआर्जन मुलक काम गर्न सुझाव समेत दिनुभएको थियो । धेरै भन्दा धेरै पर्यटक भित्राउनका लागि विषेश प्याकेज लगायतका विभिन्न काम गर्न सकिनेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा जनप्रतिनीधि , सामाजिक अगुवा , सरोकारवाला तथा उपभोक्ताहरुको सहभागिता रहेको थियो । वन समुहका सचिव द्रोपदी गुरौले गर्नुभएको थियो भने , उपाध्यक्ष मीना देवी थनेतले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कावासोती वडा न. ७ , १२ र १३ मा पर्ने यस मध्यवर्ती साुमदायिक वनमा ८५० घरधुरी आबद्ध छन् । ४०९.७० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |