@ को आविष्कार सम्बन्धी एक अर्को दाबी अनुसार फ्रान्सेली पत्रकारले यो चिन्हको पहिलो प्रयोग गरेका हुन् । उनीहरु बत लाई छोटकरीमा (à) लेख्दथे । समय बँचाउनका लागि त्यसलाई विस्तारै @ लेख्न थाले । त्यसबेला पत्रकारले @ लाई त्यहीँ अर्थमा प्रयोग गर्दथे जुन अद्यापि छ ।
एक अर्को कहानी अनुसार @ को पहिलो प्रयोग एक दस्तावेजमा भएको थियो जुन १५३६ मा प्रकाशित भएको हो । यो एक पत्र थियो जसलाई फ्लोरेन्टिनका एक व्यवसायी फ्रान्सेस्को लपीले लेखेका थिए ।
उनले each at भन्ने शब्दावलीको छोटकरीमा @ लेखेका थिए । जस्तै १४ कागती @ १० डलर । उनले ब र भ अक्षरलाई मिलाएर @ तयार गरेका थिए । सोह्रौँ सताब्दीमा पहिलोपटक आधिकारिक रुपमा प्रयोग भएको @को प्रयोग त्यसपछि सयौँ वर्षसम्म भएन । अन्ततः कम्प्युटर वैज्ञानिक रे टोमिल्सनले सन् १९७१ मा यसको प्रयोग सुरु गरे ।
रे टोमिल्सनलाई आर्पानेट प्रणालीमा जोडिएका कम्प्युटरमा इमेल पठाउने विधिको खोजी गर्ने जिम्मा दिइएको थियो । आर्पानेटलाई इन्टरनेटका पिता भनिन्छ । सुरुवाती इन्टरनेट जुन खासै आधुनिक किसिमको थिएन र उपयोग पनि सिमित मानिसहरुले मात्र गर्दथे ।
त्यसबेला टोमिल्सनले मानिसको नाम पछाडि @ चिन्ह लगाएर उसको कम्प्युटरको नम्बर वा नाम थपिदिए । त्यसपछि एक कम्प्युटरबाट अर्को कम्प्युटरमा मेसेज पठाउन सकियो ।
रे टोमिल्सनका अनुसार उति त्यतिबेला केवल एउटा चिन्ह खोजिरहेका थिए जसको प्रयोग कम भन्दा कम भएको होस् । केही अध्ययन पछि उनलाई @ को बारेमा थाहा भयो । र उनले त्यसलाई आफ्नो आर्पानेट सिस्टममा इमेल पठाउनका लागि उपयोग गरे ।
त्यसपछि @ इन्टरनेट जगतको सर्वाधिक प्रयोग हुने अभिन्न चिन्ह बनेको छ । एजेन्सीको सहयोगमा