२०८१ श्रावण १२, शनिबार
कावासोती । मगर दिवसको अवसरमा नवलपुरको बौदीकाली गाउँपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
बौदीकाली दुई को डेढगाउँमा आईतबार ( भोली परेको मगर दिवसको अवसरमा प्रतियोगिता एवम् सास्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।
शनिबारबाट सुरु भएको कार्यक्रममा विद्यालय स्तरको मौलीक सास्कृतिक प्रतियोगिता अहिले चलिरहेको छ । घाटु नाच , झयाउरे , सोरठी र कौरुवा नाच प्रतियोगिता आयोजना गरिएको छ । जसमा आठ वटा विद्यालयको सहभागिता रहेको छ ।
डेढगाउँ मगर समाजका अध्यक्ष चोपीराम रानाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दूर्गा बहादुर रानाको प्रमख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा वडा न. दुईका अध्यक्ष बाल प्रसाद ठाडा लगायत विभिन्न सामाजिक व्यक्तित्व तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । आईतबार राष्ट्रिय कलाकारहरु जानकी तारनी मगर, कुमार पुन , दिपीका बयम्बुको प्रस्तुती रहेने समाजका अध्यक्ष चोपीराम रानाले जानकारी दिनुभयो । यस्तै मगर समुदायको विकासमा योगदान पु¥याएका अगुवाहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।
यसैबीच मगर दिवसको अवसरमा नवलपुरका चार स्थानीय तहहरूले सार्वजनिक बिदा घोषणा गरेका छ् । चार स्थानीय तहमा फागुन १५ गते आइतवार सार्वजनिक बिदा दिईएको हो ।
देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी गाउँपालिका र बुलिङ्गटार गाउँपालिकामा सार्वजनिक विदा दिईएको हो । यी स्थानीय तहमा मगर समुदायको बाहुल्यता रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |