२०८१ श्रावण १२, शनिबार
कावासोती । नेकपा एमालेका केन्द्रिय सदस्य, जिल्ला इन्चार्ज एवं सांसद तिलक महतले रिटर्नी फेडेरेसन नेपालले विदेशको सिप देशको विकासमा प्रयोग गर्नुपर्ने बताउनुभयो । रिटर्नी फेडेरेसन नेपाल नवलपुरको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेता महतले विदेश लगानी गर्ने पैसा स्वदेशमै उद्यमशीलता विकासमा प्रयोग गर्नुपर्ने बताउनु भयो । साथै विदेश रहँदा सिकेका सीप र आम्दानी देशको विकासमा , उद्यमशीलतामा प्रयोग गर्न उत्प्रेरित गर्नुपर्ने बताउनुभयो ।
कमाएको रकम आम्दानी दिने श्रोतमा लगानी गर्नुपर्ने समेत उहाँले बताउनुभयो । ‘हामी कस्ता भयौँ भने कमाएको रकम घडेरी र घर बनाउँदा सक्यौँ , उद्यमशीलता र व्यापारमा लगानी गरेनौ ’ महतले भन्नुभयो– अब फेडेरेसनले उद्यमशीलतामा लगानी गर्ने वातावरण बनाउनुपर्छ ।
कार्यक्रममा बोल्दै उहाँले नेकपा एमालेको कान्छो भातृ संगठन रिटर्नी फेडेरसन चाडै शक्तिशाली र अब्बल सङ्गठनका रुपमा आफूलाई उभ्याउन सकोस भन्दै शुभकामना प्रकट गर्नुभयो ।
भेलाले शिव बहादुर केसीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष शालिकराम लामिछाने, कमल पाठक, सचिवमा बिनोद राज सिग्देल, सह सचिवमा मान बहादुर महतो, कोषाध्यक्ष राजु बिक चयन हुनुभएको छ ।
प्रथम जिल्ला भेलाको खुला सत्र पदम बहादुर विकको अध्यक्षतामा भएको थियो । भेलामा केन्द्रिय अध्यक्ष चन्द्र बहादुर रोक्का , केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशका इन्चार्ज नेत्र नारायण थनेत , पार्टीका नेताहरू, केन्द्रिय सदस्य गोपाल खराल, रेशम खत्री लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको सञ्चालन केन्द्रिय सदस्य भीम बहादुर महतोले गर्नु भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |