२०८१ श्रावण १२, शनिबार
कावासोती । कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनीयाले नगरको शिक्षा क्षेत्रलाई अब्बल बनाउने उदेश्यले कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभएको छ ।
शुक्रबार नगरपालिकाको सभाहलमा भएको विद्यालयको विद्यार्थी भर्ना तथा परीक्षा सम्बन्धि तोकिएको कर्मचारी एवम् शिक्षकलाई व्यक्तिगत घटना दर्ता सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो । ‘ नगरपालिकामा शिक्षा क्षेत्रलाई व्यवस्थित तरीकाले अगाडी बढाउने , गुणस्तरीय शिक्षा प्रदान गर्ने , शिक्षक साथीहरुलाई सक्षम बनाउने उदेश्यले धेरै कार्यक्रम सञ्चालन गरेका छौँ । ’ उहाँले भन्नुभयो – ‘विभिन्न संघसंस्थासंग समन्वय गरेर शिक्षकलाई तालिम दिने काम भएको छ । कतिपय विद्यालयले अन्तराष्ट्रिय अवार्ड समेत प्राप्त गर्न सफल भएका छन् । ’
कार्यक्रममा बोल्दै मर्दनीयाले नगरले आफ्नै स्थानीय पाठ्यक्रम निर्माण गर्ने चरणमा रहेको बताउनुभयो । उहाँले आउदो शैक्षिकशत्रबाट लागु हुने गरि निनर्माणको प्रकृयामा रहेको स्थानीय पाठ्यक्रमले स्थानीय विषयवस्तुको ज्ञान दिने , विद्यार्थीहरुमा आफ्नोपन जगाउन मदत पुग्ने बताउनुभयो । विद्यालयले गरेको गल्तीले व्यक्तीगत विवरणमा त्रुटि भई कुनै पनि बालबालिकाले समस्या भोग्न परोस् , बालबालिकाको व्यक्तिगत घटना त्रुटि रहित होस् भन्ने उदेश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।
यस्तै नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारीले विद्यालय भर्ना गर्दा सकेसम्म जन्मदर्ता हेरेर सोही आधारमा भर्ना गर्न आग्रह गर्नुभयो । कतिपय अवस्थामा जन्मदर्ता नहुँदा पनि भर्ना गर्नुपर्ने अवस्था आउने हुँदा त्यस्तो अवस्थामा केकसरी दर्ता गर्ने लगायतका बारेमा तालिमबाट शिक्षकलाई जानकारी हुने बताउनुभयो । उहाँले भर्ना लिदा , परीक्षा फर्म भर्दा विद्यार्थीको नामको स्पेलिङ्ग समेत मिलेको छ छैन ध्यान दिनुपर्नेमा जोड दिनुभयो । एउटा सानो गल्तीले समेत भविश्यमा विभिन्न कागजात बनाउने बेलामा धेरै समस्या झेल्नुपर्ने हुँदा यस विषयलाई शिक्षक र सम्बन्धित व्यक्तिले ध्यान दिनुपर्ने उहाँको भनाई थियो । यस्तै समस्या ननिम्तियोस् भन्ने उदेश्यले नै यो कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा विद्यार्थी भर्ना तथा परीक्षा सम्बन्धि तथङ्ग कसरी राख्ने लगायतका बारेमा सेवा ईकाई सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा कावासोतीका एम.आई.एस. अपरेटर रोम बहादुर घर्तीले प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रममा नगरका सामुदायिक तथा संस्थागत विद्यालयका गरी करीब ५० जना शिक्षकको सहभागिता रहेको थियो ।
सेवा ईकाई सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा कावासोतीको आयोजनामा भएको कार्यक्रममा श्रोत शिक्षक तिर्थ कंडेल , सुचना अधिकारी मक्ति बसेल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहजीकरण गर्दै सेवा ईकाई सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा कावासोती फिल्ड सहायक राम बरालले आउदो शैक्षिकसत्र २०७९ को भर्ना अभियानमा विद्यार्थीको वास्तविक तथ्याङ्ग आवोस् भन्ने उदेश्यले समेत कार्यक्रम गरेको बताउनुभयो । विद्यार्थीहरुको सहि तथ्याङ्क आएमा उनीहरुका लागि नीति निर्माण शैक्षिक विकास तथा आवश्यक बजेट लगाउतका काम गर्न सहज हुने उहाँले जानकारी दिनुभयो ।
कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनीयाको प्रमसख आतिथ्यता तथा नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |