२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपुर जेसिजको १३ औ स्थापना दिवसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “सिप सुचना र संस्कार नेतृत्व विकासको आधार“ भन्ने शिर्षकमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरि नवलपुर जेसिजको १३ औ स्थापना दिवस मनाइएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले बालबालिकामा रहेका अतिरितm प्रतिभालाई उजागर गर्न सकियो भने मात्र पाठ्यक्रमले निर्धारण गरेका लक्ष्य हासिल गर्न सहज हुने बताउनु भयो । उहाँले विधार्थीमा धेरै किसिमका प्रतिभा रहेका हुन्छन् जसलाई प्रस्फुटन गर्नै बातावरण निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गर्न नसकेको बताउनु भयो ।
त्यसैगरि कुमारवर्ती वहुमुखी क्याम्पसका प्रमुख गुरुप्रसाद सुवेदीले विधार्थीमा लुकेका प्रतिभालाइ उजागर गर्न नवलपुर जेसिजले वक्तृत्वकला प्रतियोगिता राखेर अवसर प्रदान गरेकोमा आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा नवलपुर जेसिजका सस्थापक अध्यक्ष वैकुण्ठ प्रसाद अर्यालले प्रतियोगितामा मात्र नभइ हरेका कृयाकलापमा आफुलाइ सक्षम बनाउनु पर्नै बताउनु भयो । अझै पनि अगाडि आएर वोल्न सक्ने साहस र क्षमतामा कमी रहेको भन्दै सिकाइले नै मानिसमा पुर्णता दिने बताउनु भयो । प्रतियोगिता थोरै मानिसमा हुने भन्दै आफ्नो अधिकार र आफुलाइ परेको समस्या समाधानमा वक्तृत्वकलाले टेवा पुयाउने बताउनु भयो ।
जिल्ला स्तरीय प्रतियोगितामा माध्यामिक तहमा अध्ययनरत १३ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा मध्यविन्दु वहुमुखी क्याम्पसका छात्र आकाश कार्कीले प्रथम स्थान, विजय सामुदायिक विकासका छात्रा अनुसा अधिकारीले द्वितीय स्थान, कुमारवर्ती वहुमुखी क्याम्पसका छात्र समिर लामिछानेले तृतीय स्थान र भिमसेन माविका छात्र ओमन विकले सान्तवना स्थान हासिल गरेका छन् । कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थान हासिल सहभागिहरुलाई क्रमश रु १०,००० रु ७५००, रु ५०००, र रु २५०० नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो र अन्य सहभागीहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा मुख्य प्रायोजन सदभाव इन्टरनेशनल एजुकेशन कावासोती रहेको थियो भने कावासोती इन्स्टिच्युट अफ हस्पिलाटि म्यानेजमेन्ट, विधार्थी पुस्तक भण्डार कावासोती,एनसिसि वैक दलदलेशाखा र विवि एफ सटिड. सुटिड.ले सह प्रायोजन गरेका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |