२०८० मंसिर २५, सोमबार
प्रिय धन , हुप्सेकोट। नेकपा एमाले हुप्सेकोट गाउँ कमिटीले पार्टी कार्यालय सञ्चालनमा ल्याउने भएको छ ।
हुप्सेकोट गाउँपालिकाको ३ गिरुवारी स्थित तारा बहादुर कार्कीको घरमा फागुन ७ गते पार्टी कार्यालय स्थापना गर्न लागिएको नेकपा एमाले हुप्सेकोट गाउँकमिटीका अध्यक्ष चेतन रानाले जानकारी दिनुभयो । पार्टी कार्यालयको एमाले केन्द्रिय सदस्य तिलक महतले उदघाटन गर्ने कार्यक्रम तय भएको हुप्सेकोट गाउँकमिटी सचिव मदन थापाले जानकारी दिनुभयो । साथै सोही भवनमा अनेम संघ हुप्सेकोट , अनेरास्ववियु हुप्सेकोट , वडा नम्वर ३ को वडा कमिटी कार्यालय र राष्ट्रिय युवा संघ नेपाल हुप्सेकोट गाउँकमिटीको कार्यालय रहने नेकपा एमाले हुप्सेकोट गाउँकमिटीका सचिव मदन थापाले जानकारी दिनुभयो । उद्धघाटन विहान ११ बजे हुने समेत बताईएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |