२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका ७ स्थीत नेपाली सेनाद्धारा सञ्चालित सर्पदंश उपचार केन्द्रलाई तिन वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको छ ।
गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा र जिल्ला स्वास्थ्य कार्यालय नवलपुरको समन्वयमा उक्त अक्सिजन कन्सन्ट्रेटर सर्पदंश उपचार केन्द्रलाई प्रदान गरिएको हो । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले सोमबार सर्पदंश उपचार केन्द्रमा नै पुगेर उक्त अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नुभएको हो ।
हस्तातरण गर्दै उहाँले सर्पदंशको बिरामिले अकालमै ज्यान गुमाउन नपरोस् भन्नका लागि प्रदेर सरकारले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको बताउनुभयो । नवलपुरको तराई क्षेत्रमा विषालु सर्पदंशको बिगबिगी हुने हुँदा सर्पदंशको उपचारमा आएका बिरामिले अक्सिन अभावले ज्यान नगुमाउन भन्ने उदेश्यले जिल्ला स्वास्थ्य कार्यालयको माग अनुसार अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको बताउनुभयो । उहाँले उपलब्ध साधन श्रोतको सही सदुपयोग र संरक्षण गर्दै नागरिकलाई सेवा दिन आग्रह समेत गर्नुभयो । आउने दिनहरुमा पनि प्रदेशका नागरिकको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आफु तयार रहेको बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईंका अनुसार उक्त कन्सन्ट्रेटर १० लिटर क्षमताको हो । बिजुलीमा मार्फत् अक्सिजन उत्पादन हुने भएकाले सर्पदंश उपचार केन्द्रका लागि अक्सिजनको माग पुरा गर्न यो प्रभावकारी हुने उहाँले बताउनुभयो । नेपाल र भारतका समेत सर्पदंशका बिरामि उपचारका लागि यहाँ आउने गर्छन् । विषालु सर्पको टोकाईबाट आएका सर्पदंशका बिरामिलाई तुरुन्तै अक्सिजनको आवश्यकता पर्दा अन्यत्र पुग्नुपर्ने बाध्यता रहेको हुँदा स्वास्थ्य कार्यालयले प्रदेश सरकारसंग समनवय गरेर कन्सन्ट्रेटर सहयोग गरेको बताउनुभयो ।
यस्तै मन्त्री अधिकारीले प्रदेशको एक मात्र भारतसंग सीमा जोडिएको त्रिवेणी नाकाको समेत निरिक्षण गर्नुभयो । कोभिड – १९ संक्रमणको तेश्रो लरह फैलिरहेको अवस्थामा सीमाबाट आवतजावत गर्नेहरुबाट संक्रमण फैलनबाट रोक्न केही दिन अघि नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ । त्यहाँ खटिएका स्वास्थ्यकर्मीहरुसंग मन्त्री अधिकारी छलफल समेत गर्नुभएको थियो । उहाँले विपदको समयमा नागरिकलाई सेवा दिन सेवा प्रदायक संस्थामा खटिएकाहरुको अझै बढी जिम्मेवारी हुने भएकाले निष्ठापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न निर्देश दिनुभयो । कमि भएका श्रोत साधनको माग पुरा गर्नका लागि सरकाले पहल गर्ने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो । यस्तै गण्डकी प्रदेश सरकारले होल्डिङ्ग सेन्टर स्थापना गर्नका लागि समेत उपयुक्त स्थानको खोजी गरिरहेकाले त्रिवेणी नाकामा जग्गाको उपलब्धताका सम्बन्धमा समेत परामर्श गरिएको थियो । सकेसम्म नाकाको नजिकै होल्डिङ्ग सेन्टर राख्न उपयुक्त हुने हुँदा सम्भावना के कस्तो हुन्छ , छलफल र परामर्श गरेर जानकारी गराउन उहाँले आग्रह समेत गर्नुभयो ।
यसैबीच मन्त्री अधिकारीले हुप्सेकोट गाउँपालिकामा समेत भिडियो – एक्सरे मेसिन हस्तान्तरण गर्नुभएको छ । देउराली प्राथमिक अस्पतालका लागि उक्त एक्सरे मेसिन प्रदान गरिएको हो । विषेश गरेर अस्पतालमा आउने गर्भवती महिलालाई लक्षित गरेर उक्त एक्सरे मेसिन प्रदान गरिएको हो । गर्भअवस्थाको चेकजाँचमा सहयोग पु¥याउने उदेश्यले प्रदेश सरकार उक्त मेसिन प्रदान गरेको हो । उहाँले दुरदराजका नागरिकलाई प्राथमिक स्वास्थ्य उपचारको पहँुच पु¥याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले असाहाय , गरीब विपन्न तथा दुरदराजका नागरिकलाई स्वास्थ्य नीति मार्फत् स्वास्थ्य सेवाको पहुँच पु¥याउन सरकार अग्रसर बनेको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले सोक्रममा गाउँपालिकाको समग्र स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले भौगोलिक विकटताका कारण नागरिकलाई स्वास्थ्य सेवाको पहँुच पु¥याउन धेरै चुनौती रहेको बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |