२०८० मंसिर १४, बिहिबार
चोरमारा । नेकपा एमाले निकट जनवर्गीय सङ्गठनहरूले आइतबार नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाको चोरमारामा स्थानीय तह निर्वाचनको मिति घोषणाको माग गर्दै राँकेजुलुस प्रर्दशन गरेका छन् ।
राष्ट्रिय युवा संघ नवलपुर, अनेरास्ववियु नवलपुर र अनेम संघ नवलपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा मध्यविन्दु–८ चौरङ्गीबाट शुरु भएको राके जुलुस मध्यविन्दु–७ चोरमारा बजारमा आएर कोणसभामा परिणत भएको थियो ।
स्थानीय तह जनप्रतिनिधि बिहिन बनाउने योजना सहित वर्तमान सरकारले चुनावको घोषणा गर्न आनाकानी गरिरहेको भन्दै तत्काल चुनावको मिति घोषणा गर्न प्रर्दशनकारीले माग गरेका थिए । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुनुपर्ने, दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धि नियन्त्रण गर्नुपर्ने, लिपुलेक कालापानी सहितका नेपाली भूभागहरू फिर्ता हुनुपर्ने माग सहित नारा लगाएका थिए ।
कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले नवलपुर जिल्ला कमिटी सचिव भिमलाल अधिकारीले वर्तमान सरकार जनभावना विपरित स्थानीय तह निर्वाचन सार्न अग्रसर भएको भन्दै तत्काल निर्वाचन घोषणा गर्न माग गर्नुभयो । उहाँले भारतीय विस्तारबाट विरुद्ध सरकार बोल्न नसक्ने अवस्थामा पुगेको भन्दै जनभावना विपरित गठित सरकारले जनभावनाको कदर गर्न सक्दैन भन्ने कुराको पुष्टि गरेको बताउनुभयो । उहाँले पाँच दलियो गठबन्धन विरुद्ध नेकपा एमाले एक्लै चुनावको लागि तयार भएको भन्दै एमाले सँग डराएर चुनावको मिति घोषणा गर्न गठबन्धनले आनाकानी गरिरहेको बताउनुभयो ।
एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलि नेतृत्वको सरकार हुदाँ जनताले अपनत्व बोध गरेको अवस्थाबाट अहिले आउँदा देश नेतृत्व बिहिन बनेको महसुस जनताहरूले गरेको बताउनुभयो ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य एवम् पार्टी जिल्ला कमिटी सदस्य मदन गिरीले तत्काल निर्वाचनको मिति घोषणा नभए आन्दोलनको आधिबेहरी ल्याउने चेतावनी दिनुभयो । युवा र विद्यार्थीहरू राजनीतिक स्थिरताको लागि निरन्तर संघर्षरत रहेको स्मरण गर्दै युवाहरूको माग सम्बोधन गर्न गम्भीर बन्न आग्रह गर्नुभयो ।
राष्ट्रिय युवा संघ नवलपुर जिल्ला इन्चार्ज दिपक शर्माले राजिनितिक दाउपेचमा संविधानको बर्खिलाप हुने कदम नचाल्न सरकारलाई आग्रह गर्नुभयो ।
अनेरास्ववियु केन्द्रीय सदस्य एवम् जिल्ला सहइन्चार्ज कृष्ण गैह्रे र नेल्सन सुवेदीले राष्ट्रिय हितको लागि विद्यार्थी आन्दोलन सदैव अग्रसर रहेको भन्दै परेको अवस्थामा जस्तोगरि आन्दोलनको लागि आफूहरू तयार रहेको बताउनुभयो ।
अनेम संघ मध्यविन्दु नगर इन्चार्ज राधा ढकालले महिला अधिकार प्राप्ति र उनीहरूको प्रतिनिधित्व सुनिश्चित गरेको स्थानीय तहको निर्वाचन गर्न वर्तमान सरकार आनकान गरिरहेको भन्दै जनताका सबै सवालमा केन्द्रीत बन्न सरकारलाई आग्रह गर्नुभयो ।
कोणसभा राष्ट्रिय युवा संघ जिल्ला संयोजक कृष्ण कण्डेलको अध्यक्षतामा भएको हो । बिरोधप्रर्दशन पूर्व एमाले जिल्ला कमिटी सदस्य बाबुराम पाण्डेले आन्दोलनको आवश्यकताबारे प्रष्ट पार्नु भएको थियो ।
रोकजुलुस तथा कोणसभामा नेकपा एमाले नवलपुर जिल्ला सचिब भिमलाल अधिकारी, नेकपा एमाले जिल्ला कमिटि सदस्य अमृत प्रसाद ज्ञवाली, बाबुराम पाण्डे, मदन गिरी, नारायण प्रसाद पोख्रेल, नेकपा एमाले मध्यविन्दु नगरकमिटि अध्यक्ष मधुबिलास अधिकाराी लगायतकाको उपस्थीति रहेको थियो । सभाको सञ्चालन अनेरास्ववियु नवलपुर संयोजक सुरज सापकोटाले गर्नु भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |