२०८० मंसिर २०, बुधबार
कावासोती । जिल्ला अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालको सेवा बन्द भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा चिकित्सक तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै पाँच दिनका लागि अस्पतालका सेवा बन्द गरिएको मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो ।
अस्पतालका कर्मचारीमा कोभिड देखिएपछि जनशक्तिको समेत अभाव भएसँगै माघ ६ गते देखी माघ १० गते सम्मका लागि अस्पतालबाट प्रदान गरिने आकस्मिक सेवा, प्रसुति सेवा, फार्मेसी सेवा र आकस्मिक प्रयोगशाला बाहेक सबै सेवा बन्द गरिएको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।
‘अस्पतालमा यसै पनि कर्मचारी अभाव थियो, त्यसमाथि केही कर्मचारीलाई कोभिड संक्रमण पुष्टि हुँदा सबै सेवा दिन सक्ने अवस्थानै भएन’ सूचना अधिकारी सुवेदीले भन्नुभयो ‘यस कारण केही दिन आकस्मिक बाहेकका सेवा बन्द गरेका हौं।’ जिल्ला अस्पतालमा कार्यरत २३ जना कर्मचारीलाई कोभिड संक्रमण पुष्टि भएको छ । बुधबार मात्रै अस्पतालका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।
१५ श्यैयाको यस अस्पतालमा ३१ जनाको दरबन्दी रहेको छ । यस दरबन्दी अन्र्तगत हाल जम्मा १० जना कर्मचारी मात्रै रहेका छन् । यस बाहेक कोभिड करारमा ३१ जना, छात्रवृति करार , कार्यलय सहयोगी ,व्यवस्थापन समिति मातहतका गरि अस्पतालमा हाल एक सय कर्मचारी रहेको सूचना अधिकारी रहेकाछन् । केही कर्मचारी आउने जाने क्रम रहने गरेको छ ।
अस्पतालमा सहज रुपमा सेवा दिन थप १५ जना कर्मचारी आवश्यक रहेको भएपनि दरबन्दी अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशले कर्मचारी नपठाउँदा समस्या सिर्जना भएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । ‘यसै कर्मचारी कम थियो, त्यसमाथि केही कर्मचारीमा कोभिड पुष्टि भयो, यसले गर्दा सेवा दिन सक्ने अवस्था रहेन ।’सूचना अधिकारी सुवेदीले भन्नुभयो ।
अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम समेत लागू भएको छ । सो काउन्टरमा बस्ने कर्मचारीलाई कोभिड हुँदा बिल काट्ने अवस्था समेत नरहेको उहाँले बताउनुभयो ।
जिल्ला अस्पतालमा रहेको पिसिआर ल्याबका कर्मचारीमा कोभिड देखिएपछि आइतबार देखि रोकिएको परिक्षण अझै सुचारु हुन सकेको छैन् । बिहीबार प्रदेशले दुई जना कर्मचारी पठाउने जानकारी गराएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । ‘बिहीबार कर्मचारी आए शुक्रबारबाट पिसिआर परिक्षण सुरु गर्न सक्छौ’ सूचना अधिकारी सुवेदीले भन्नुभयो – ‘यस बाहेक अन्य सेवा दिनका लागि थप कर्मचारी माग गरेका छौँ , चार पाँच दिन भित्र व्यवस्थापन हुन सक्ला भनेर पाँच दिन अस्पतालका सेवा बन्द गरेका छौँ ।’ जिल्ला अस्पतालका सेवा बन्द हुने भएपछि सेवाग्राहीहरूलाई समस्या हुने भएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |