२०८० मंसिर १६, शनिबार
कावासोती । नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा पिसिआर परिक्षण बन्द भएको छ । प्रयोगशालामा रहेका दुई जना कर्मचारीलाई कोभिड संक्रमण पुष्टि भएसँगै पिसिआर परिक्षण बन्द भएको मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिनुभयो ।
मध्यविन्दु जिल्ला अस्पतालमा सञ्चालनमा रहेको पिसिआर प्रयोगशालामा ६ जना कर्मचारी रहेका थिए । जसमध्ये तीन जनाको पुस मसान्तमा करार अवधि सकिएको र बाँकी तीन जना मध्य दुई जनामा कोरोना देखिएपछि आइतबारबाट पिसिआर परिक्षण रोकिएको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।
‘६ जना कर्मचारीमा तीनजनाको करार सकियो, दुई जना संक्रमित भए, एक जनाले मात्रै प्रयोगशाला सञ्चालन गर्न सकिने अवस्था हुँदैन ,त्यसैले बन्द भयो’ सूचना अधिकारी सुवेदीले भन्नुभयो ।
पिसाआर प्रयोगशालाका कर्मचारीमा कोभिडका कारण जाँच रोकिएपछि प्रदेशमा थप जनशक्ति माग गरिएको उहाँले बताउनुभयो । प्रदेशबाट केही दिनभित्रमा जनशक्ति व्यवस्थापन गर्ने जानकारी प्राप्त भएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । जनशक्ति थप नहुँदा सम्म पिसिआर परिक्षण भने बन्द रहने उहाँले बताउनुभयो ।
पिसिआर परिक्षण बन्द रहे पनि एन्टिजेन परिक्षण भने नियमित हुने सूचना अधिकारी सुवेदीले बताउनुभयो । अस्पतालमा कोभिड परिक्षण गर्नेको चाँप बढिरँहदा पिसिआर रोकिँदा समस्या हुने देखिएको छ ।
यसै गरि मध्यविन्दु जिल्ला अस्पतालले अत्यावश्यक नपरी अस्पताल नआउन समेत सबैमा अनुरोध गरेको छ । आइतबार एक सूचना जारी गरि कोभिड सङ्क्रमणको जोखिम बढदै गएकाले अस्पतालमा भिडभाड हुँदा थप जोखिम हुनसक्ने भन्दै अति आवश्यक नपरे सम्म अस्पतालमा नआउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
अस्पतालका कर्मचारीमा समेत कोभिड संक्रमण भइ जनशक्ति कम भएको र भिडभाड हुँदा कोभिडको जोखिम थप बढ्ने भएकाले यस्तो अनुरोध गरिएको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।
‘अस्पतालबाट सेवा दिइरहेका छौँ तरपनि अतिआवश्यक बाहेक केही दिनपछि अस्पताल आए हुने बिरामीहरू यो समयमा नआए भिड कम हुने र जोखिम समेत कम हुने भएकाले यस्तो अनुरोध गरेका हाँै’ अस्पतालका सूचना अधिकारी सुवेदीले भन्नुभयो ‘ कर्मचारीमा कोभिड देखिएर जनशक्ति कम हुँदा सेवा दिन समेत गाह्रो हुने भएकाले समेत यस्तो गर्नुपरेको हो ।’
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |