२०८० मंसिर १४, बिहिबार
अमलटारी । वन्यजन्तुका लागि घाँसे मैदान व्यवस्थापनको काम शुरु गरिएको छ । नवलपुरको कावासोती नगरपालिका अन्र्तगत रहेको गुन्द्रहि ढकाहा मध्यवर्ती सामुदायिक वनले वन्यजन्तुका लागि घाँसे मैदान व्यवस्थापनको काम शुरु गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्र्तगत पर्ने यस वनले आधुनिक मेसिनको प्रयोग गरि घाँसे मैदान व्यवस्थापन कार्य शुरु गरेको छ । घाँसे मैदान क्षेत्रमा रहेका बुट्यान, पुराना खरघारीलाई ट्याक्टरको सहायताले घाँस काट्ने उपकरण मार्फत घाँसे मैदान व्यवस्थापन गर्न लागिएको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष नरबहादुर महतोले बताउनुभयो ।
घाँसे मैदान व्यवस्थापनका लागि कावासोती नगरपालिकाले उपकरण अनुदानमा सहयोग गरेको उहाँले बताउनुभयो ।
वन्यजन्तुको आहाराका रुपमा घाँसे मैदान वन भित्रै व्यवस्थापन गरे वन्यजन्तु वस्ती तर्फ नआउने र यसले बालीनालीको क्षति न्यूनिकरणमा समेत सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष महतोले बताउनुभयो । गैँडा, मृग, चित्तल लगायतका वन्यजन्तुलाई चरन क्षेत्र निर्माणका लागि घाँसे मैदान व्यवस्थापन गर्न शुरु गरिएको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |